चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्थाले सदस्यहरुको लागि नयाँ सेवा सुरु गरेको छ । जस अनुसार संस्थाका सदस्यहरुले आफ्नो मोटरसाईकल तथा गाडिहरुको ब्लूबुक नविकरण तथा कर भुक्तानीको लागि यातायात व्यवस्था कार्यालय सम्म गईराख्नु पर्ने छैन । संस्थाको कार्यालयमा सो सम्बन्धी कार्यको लागि एउटा छु्ट्टै स्मार्ट काउन्टरको स्थापना हुनेछ ।
उक्त सेवा सञ्चालनको लागि स्मार्ट सर्भिस इन प्रा. लि र चन्द्रागिरि साकोस विच आज श्रावण १२ गते एक सम्झौता पत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौता अनुसार ब्लूबुक नविकरण, ब्लूबुक प्रतिलिपि, सवारी कर भुक्तानी, विमालेख जारी गराउने कार्य अब चन्द्रागिरि साकोसकै कार्यालयबाट हुनेछ । सो सम्बन्धी सम्पूर्ण सेवाहरु अनलाईन मार्फत गर्ने गरी प्रबन्ध मिलाईएको छ । व्यस्त दैनिकीका कारण कयौं व्यक्तिहरुले समयमा सवारी कर भुक्तानी तथा ब्लुबुक नविकरण गर्न विर्सिई जरिवानामा परिरहेका हुन्छन्, त्यस परिस्थितिमा सदस्यहरुको सहजताको लागि यो सेवाको विकास गरिएको हो ।