बुधबार, भाद्र ३ गते २०८३

अब चार अस्पतालबाट खोप कार्ड प्रमाणीकरण हुर्ने

श्रावण ८, २०७८ शुक्रबार


स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आजदेखि काठमाडौं उपत्यकाका चार अस्पतालबाट कोरोना खोप लगाएका नागरिकको खोप कार्ड प्रमाणीकरण सुरु गरेको छ ।  सचिवस्तरीय निर्णयबाट शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालसहित निजामती अस्पताल, पाटन अस्पताल र बलम्बुस्थित सशस्त्र प्रहरीको अस्पतालमा खोप कार्ड प्रमाणीकरण गर्ने निर्णय भएको हो ।

 यसअघि टेकु अस्पतालबाट मात्रै खोप कार्ड प्रमाणीकरणको काम हुँदा विदेश जाने तयारीमा रहेका नेपाली नागरिकहरु लामो समयसम्म लाईन बस्न बाध्य भएक थिए ।