स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले फेरि कोरोना भाइरसको संक्रमण बढेको बताएको छ । मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै निषेधाज्ञा खुकुलो भएपछि एक सातायता कोरोना संक्रमण दर फेरि बढेको बताएको हो ।
मन्त्रालयले विज्ञप्ति जारी गरी संक्रमणको बढ्दो अवस्थाले चुनौतीपूर्ण तेस्रो लहर आउन सक्ने तर्फ मध्यनजर गर्दै सबै स्वास्थ्य संस्थाहरुको अक्सिजन, शय्यालगायतका पूर्वाधारहरु तथा सेवाहरु चुस्त दुरुस्त राख्न अनुरोध गरेको छ ।
मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ,‘ निषेधाज्ञा खुकुलो भएपछि लुकीछिपी वा खुल्लमखुल्ला जनस्वास्थ्यको मापदण्ड उल्लंघन भयो, यो अवधिमा कोरोना संक्रमण जति घट्नुपर्ने हो त्यति घट्न सकेन ।’
मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै निषेधाज्ञा खुकुलो भएपछि एक सातायता कोरोना संक्रमण दर फेरि बढेको बताएको हो । हाल काठमाडौंसहित ललितपुर, भक्तपुर, मोरंङ, सुनसरी, झापा, चितवन, कास्की, रुपन्देही र कैलाली जिल्लामा कोरोना भाइरसका संक्रमितको संख्या ५०० भन्दा पुगिसकेको मन्त्रालयले जनाएको छ ।