शनिबार, आश्विन १७ गते २०८३

नयाँ क्रान्तिको मूल बाटो खनेर

श्रावण ७, २०७८ बिहीबार
नयाँ क्रान्तिको मूल बाटो खनेर
नयाँ क्रान्तिको मूल बाटो खनेर
 
सही मार्गमा नित्य लागि रह्यो जो
जन स्वार्थमा नित्य जागि रह्यो जो
न लत्री कदापि अगाडि बढ्यो जो
अबिचल खडा भो सतीसाल झै जो
 
कठिनाई जसले सँधै झेलिराख्यो
दुःख कष्टका बीच नै खेलिराख्यो
सधै झोपडीकै कुरा बोलिराख्यो
सबै लोभ लालचहरु तोडिराख्यो
 
इतिहास कोर्‍यो नयाँ क्रान्तिकारी
न झुक्यो कसैका अगि हात पसारी
सबै स्वार्थलाई हिड्यो ऊ लतारी
बन्यो उच्च आदर्श-ब्यक्तित्वधारी
 
अमर भो इतिहास उच्चा उठायो
जन मुक्तिको धारणा जुन जुटायो
सबै भेदभाव उखेली हटायो
समूल नष्ट शोषण लखेटी पठायो
 
दिशा देशलाई सँधै सही दिएर
दशा राष्ट्रको फेर्न तल्लिन भएर
निरन्तर लड्यो दृढ योद्धा बनेर
नयाँ क्रान्तिको मूल बाटो खनेर