सहकारी विभागले सहकारी संघसंस्था र सदस्यको लागि निर्देशन जारी गरेको छ । निर्देशनमा नाफामा नरहेका संस्थालाई शेयर लाभांश र कर्मचारी बाेनस वितरण नगर्न, कर्जा लगानी गर्दा तत्काल प्रतिफल दिने क्षेत्रमा लगानी गर्न र ऋण असुली प्रकृयालाई प्राथमिकता दिई कार्यायोजना बनाई कार्यान्वयन गर्न भनिएको छ ।
त्यसैगरी आवधिक र ठुलो बचत संकलन भन्दा नियमित बचतमा जोड दिन र मासिक रुपमा सदस्यलाई संस्थाको वित्तीय विवरण प्रकाशन गर्न निर्देशनमा उलेख्य छ ।



