बुधबार, भाद्र ३ गते २०८३

सम्पूर्ण बालबालिकाहरुमा बालदिवसको उपलक्षमा सुस्वास्थ्य, दीर्घायु र उत्तरोत्तर प्रगतिको शुभकामना !

भाद्र २९, २०७८ मंगलबार
सम्पूर्ण बालबालिकाहरुमा बालदिवसको उपलक्षमा सुस्वास्थ्य, दीर्घायु र उत्तरोत्तर प्रगतिको शुभकामना !

निश्छल र निर्दोष बाल बालिकाहरुलाई सही किसिमले स्याहार- सम्भार गर्न, लालन-पालन गर्न र शिक्षा-दीक्षा दिन सकियो भने निश्चय पनि भोलीको बिश्व समानतामा आधारित, सुन्दर र सुरक्षित बिश्व हुने कुरा निश्चित छ । तर आज बिश्वमा जसरी पर्यावरणको ब्यापक नोक्सानी गरिदैछ, जसरी महाबिनाशकारी हातहतियार माथि अकूत सम्पत्ति खर्च गरिदैछ र जसरी बिलाशी जीवन यापनका निमत्ति बिश्व ब्यापीरुपमा नै सम्पत्तिको केन्द्रिकरण गरिदैछ त्यसले भने  २० नोभेम्बर १९८९ का दिन हस्ताक्षर गरिएको महासन्धिको सही परिपालना गर्न गराउनमा ब्यवधान खडा गर्दछ र बाल बालिकाको बिकास र भबिष्यलाई ठूलो खतरामा पार्दछ । यस गम्भीरतम कुरामा भने सबै जिम्मेवार राष्ट्रहरुले आजैदेखि र अहिले देखिनै बिशेष ध्यान पुर्‍याउनै पर्दछ । बाल-बालिकालाई असुरक्षा, कुपोषण, अशिक्षा, अभाव र अनिश्चित भबिष्यको शिकार बन्नबाट जोगाउने यही उपाय मात्र छ । बाल हितका निमित्त सम्बद्ध सबै राष्ट्रिय अन्तर्राष्ट्रिय संघ संंस्थाहरुको सर्बाधिक ध्यान यस बिषयमा जानु परमावश्यक छ ।