एनआइसी एसिया क्यापिटलको सञ्चालक समिति अध्यक्षमा कपिल ढकाल नियुक्त भएका छन्। क्यापिटलको हालै सम्पन्न सञ्चालक समितिको ९२ औं बैठकले उनलाई अध्यक्ष पदमा नियुक्त गरेको हो। ढकाल एनआईसी एसिया बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत हुन्। डेलोइट इन्डिया, आइसीआइसीआइ बैंक र हाम्रो विकास बैंकमा काम गरेको अनुभव भएका ढकाल चार्टर्ड एकाउन्टेन्ट पनि रहेको क्यापिटलद्धारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ।
उनले एनआई सी एशिया बैंकको हालको बिजनेस प्रोसेस री–इन्जिनियरिङ विभागको प्रमुखका रूपमा पनि काम गरिसकेका छन्। बैंकको उच्च व्यवस्थापन तहमा रहेर १२ वर्ष भन्दा बढीको बैंकिङ अनुभव हासिल गरेका ढकाल हाल एनआइसी एसिया लघुवित्त वित्तीय संस्थामा पनि अध्यक्ष छन्।
उनको नेतृत्वमा क्यापिटलले अझ बढी कारोबारमा सफलता हासिल गर्ने अपेक्षा गरिएको प्रमुख कार्यकारी अधिकृत रमेन्द्र रायमाझीद्धारा जारी विज्ञप्तिमा जनाईएको छ ।