शनिबार, आश्विन १७ गते २०८३

हसना भास्तिपुरको सेवा केन्द्र मच्छे गाउँमा

श्रावण १, २०७८ शुक्रबार
हसना भास्तिपुरको सेवा केन्द्र मच्छे गाउँमा

 

हसना भास्तिपुर बचत तथा ऋण सहकारी संस्थाले चन्द्रागिरि नगरपालिका वडा नं. ९ टौखेल मच्छेगाउँमा सदस्य सेवा केन्द्र विस्तार गरेको छ । सोही नगरपालिका वडा नं. ९ का अध्यक्ष देवेन्द्र महर्जन वृक्षारोपण एवं रिवन काटी कार्यालयको औपचारिक उदघाटन गरेका हुन् । संस्थाका अध्यक्ष नारायणकृष्ण महर्जन र प्रमुख अतिथि महर्जनले संयुक्तरुपमा ताम्रपत्र अनावरण गरेको संस्थाले जनाएको छ । संस्थाले सोही ठाउँमा रहेको न्हुजला साकोसलाई एकिकरण सदस्य सेवा केन्द्रको रुपमा विस्तार गरेको संस्थाका प्रबन्ध सञ्चालक सम्पूर्ण महर्जनले जानकारी दिए । संस्थाले कलंकीमा रहेको गोर्खा भूमि साकोसलाई समेत एकिकरण गरिसकेको र छिट्टै सेवा केन्द्र विस्तार गरिने उनले बताए । एकिकरणसँगै संस्थाको कार्यक्षेत्र कामनपाको १३, १४, १५, १६ र २९ र मकवानपुर जिल्लाको थाहा नगरपालिकामा समेत विस्तार भएको छ । हालसम्म वटा संस्था एकिकरण भई वित्तीय हिसाबले बलियो संस्था बन्न पुगेको छ । संस्थामा ७ हजार सदस्य र १ अर्ब ५० करोडको वासलात रहेको छ । 

hasana kendra.jpg