शनिबार, आश्विन १७ गते २०८३

ढिलो गरेर प्रधानमन्त्री देउवाकाे शपथ, ५ सदस्यीय बन्याे मन्त्रीमण्डल

आषाढ ३०, २०७८ बुधबार
ढिलो गरेर प्रधानमन्त्री देउवाकाे शपथ, ५ सदस्यीय बन्याे मन्त्रीमण्डल

 

राष्ट्रपति कार्यालयले शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्ति सम्बन्धी पत्र सच्याइएपछि ढिलो गरेर शपथ ग्रहण गरेका छन् । 
सर्वोच्च अदालतको फैसलाबमोजिम प्रधानमन्त्री नियुक्त गरिएको सम्बन्धमा राष्ट्रपति कार्यालय निकालेको विज्ञप्ति अपूर्ण भएकोमा आपत्ति जनाउँदै  संविधानको धारा उल्लेख नगरी शपथ नलिने अडान देउवाले लिएपछि पूर्व निर्धारित समय ६ बजे शपथ समारोह सुरु हुन सकेको थिएन । 

राष्ट्रपति कार्यालयले झण्डै दुई घण्टापछि सर्वोच्च अदालतको फैसला र संविधानको धारा ७६(५) अनुसार प्रधानमन्त्री नियुक्त गरिएको उल्लेख गर्न तयार भयाे । त्यसलगत्तै देउवाले राष्ट्रपति विद्यादेवी भण्डारीसामू पद तथा गोपनीयताको शपथ लिएका थिए ।

शपथ लगत्तै प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद् गठन गरेका छन् । मन्त्रिमण्डलमा उनले नेपाली कांग्रेसबाट २ र माओवादी केन्द्रबाट २ जना मन्त्री नियुक्त गरेका हुन् ।


गृहमन्त्रीमा नेपाली कांग्रेसबाट बालकृष्ण खाँण नियुक्त भएका छन् भने ज्ञानेन्द्रबहादुर कार्की कानुनमन्त्री भएका छन् । यस्तै माओवादी केन्द्रबाट जनादर्न शर्मा प्रभाकरले अर्थ मन्त्रालय र पम्फा भुसालले  ऊर्जा मन्त्रालय सम्हालेका छन् । नवनियुक्त चारैजना मन्त्रीले मंगलबार नै पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

4 minister.jpg