सुर्खेतको बीरेन्द्रनगरस्थित बीरेन्द्रनगर बचत तथा ऋण सहकारी संस्था स्थापनाको २०औं वर्षमा प्रवेश गरेको छ ।
“समुदायमा आधारित दिगो, उत्कृष्ट र व्यवसायिक सहकारी” भन्ने नारालाई मध्यनजर गर्दै नीति, विधि र प्रविधिको अधिकतम प्रयोग गरी सदस्यहरुको बीचमा गुणस्तरीय र प्रभावकारी सेवा प्रदान गर्दै आएको अध्यक्ष बम बहादुर जीसीले बताए ।
कोभिड १९ बाट सिर्जित असहज परिस्थितिमा पनि संस्थाले सदस्यहरुको अप्ठेरोलाई मध्यनजर गर्दै घरदैलोमा नै पुगेर सेवा दिएको र सदस्यहरुको आवश्यकता परिपूर्ति गर्ने प्रयास गरिएको उनले बताए ।
सुर्खेत जिल्लाभर कार्यक्षेत्र रहेको संस्थाको एक मुख्य कार्यालयसहित १० सेवा केन्द्र, १६ हजार शेयरसदस्य र ८३ करोड सम्पत्ति पुगेको उनले बताए ।
संस्थाका सीइओ छत्रबहादुर थापाले संस्थालाई सदस्यमैत्री र समुदाय आधारित बनाउँदै जाने योजना अनुरुप सेवा विविधिकरण गर्दै आएको बताए । सेवालाई प्रविधिमैत्री बनाउन मोबाइल एसएमएस, मोबाइल एप, वेबसाइट, सामाजिक सञ्जालको प्रयोग गर्नुका साथै इसेवा, मनि ट्रान्सफर र बील भुक्तानी जस्ता सेवा दिँदै आएको उनले उल्लेख गरे ।
संस्थाबाट दिइने सेवालाई थप प्रभावकारी बनाउन सदस्यहरुले आफ्नो राय सुझाव दिन उनले आग्रह गरे । बीसौं वर्षमा प्रवेश गरेको अवसरमा संस्थाले सम्पूर्ण सदस्य, सञ्चालक तथा लेखा सुपरिवेक्षण समिति, सल्लाहकार, कर्मचारी, नियामक निकाय र शुभचिन्तकहरुमा आभार प्रकट गरेको छ ।