बुधबार, भाद्र ३ गते २०८३

कर्मणा साकोसका ऋणी सदस्यलाई ब्याजमा १० प्रतिशत छुट

आषाढ २२, २०७८ मंगलबार
कर्मणा साकोसका ऋणी सदस्यलाई ब्याजमा १० प्रतिशत छुट

 

कर्मणा बचत तथा ऋण सहकारीले आफ्ना ऋणी सदस्यहरुका लागि छुटको योजना ल्याएको छ । संस्थाले कोरोना भाइरस संक्रमणको दोश्रो लहरले गर्दा करिब ३ महिनाको समयमा सदस्यहरुले आफ्ना व्यापारव्यवसाय र दैनिकीमा समेत असर भोग्नुपरेको अप्ठयारो अवस्थालाई ध्यानमा राखी छुटको व्यवस्था गरेको जनाएको छ । 

त्यस अनुसार नियमित साँवाब्याजको किस्ता तिर्दै आएका ऋणीहरुको लागि २०७८ बैशाख र जेष्ठ महिनाको ब्याज असारमसान्तभित्र तिर्दा थप शुल्क तथा जरिवाना नलाग्ने भएको छ । 

२०७७ चैत्र अगावै ऋण लिई लामो अवधिसम्म ऋणको साँवाब्याज नबुझाएका सदस्य समेतले असार मसान्तभित्र साँवाब्याज बुझाएमा साढे २ महिना अवधिको ब्याजमा १० प्रतिशत छुट दिइने संस्थाले जनाएको छ । 

निषेधाज्ञा खुकुलो भएतापनि कोरोना भाइरसको जोखिम हटिनसकेकोले भौतक दूरी कायम गर्दै स्वास्थ्य मापदण्ड पालना गरी बिहान ८ः३० बजेदेखि कार्यालय सुचारु गरिएको संस्थाका प्रबन्धक रमेश घिमिरेले जानकारी दिए ।

 

karmana saccos.jpg