बुधबार, भाद्र ३ गते २०८३

नेचुरल साकोसको नयाँ सुविधा, अब मोबाईलबाटै रकम पठाउन र प्राप्त सकिर्ने

आषाढ २०, २०७८ आइतबार
नेचुरल साकोसको नयाँ सुविधा, अब मोबाईलबाटै रकम पठाउन र प्राप्त सकिर्ने


९९ औं अन्तर्राष्ट्रिय सहकारी दिवसको अवसर पारेर नेचुरल बचत तथा ऋण सहकारी संस्थाले इसेवा मनी ट्रान्स्फरसँग सहकार्य गरी ‘नेचुरल स्मार्ट एप’बाट रेमिटान्स सेवाको सुरुवात गरेको  छ । अब उत सहकारीका सदस्यहरुले मोबाईल बैंकिङबाटै मुलुक भर पैसा पठाउन र विदेश वा नेपाल भित्रबाट पठाएको पैसा स्मार्ट एपको प्रयोग गरी सजिलै आफ्नै खातामा प्राप्त गर्न सक्ने भएका छन् ।

 संस्थाले सदस्य सहजताका लागि यस्तो सेवा ल्याएको जनाएको छ । सदस्यहरुले आफ्नो खातामा भएको रकम सोही एपको प्रयोगद्वारा देशभरी रहेका इसेवाको काउन्टरहरुमा समेत प्राप्त गर्न सक्ने गरी पठाउन सक्ने संस्थाका प्रमुख विकल्प पाठकले जानकारी दिए । यो सेवाले समयको बचत, सहज, सुरक्षित र कोरोना भाईरस जस्तो महामारीको समयमा संक्रमणको जोखिमलाई न्यूनिकरण गर्ने पाठकको भनाई छ ।

नगद रहित डिजिटल कारोबारलाई विशेष जोड दिएको संस्थाले अन्य रेमिटान्स कम्पनीहरुसँग सहकार्य गरी अघि बढ्ने जनाएको छ ।