शनिबार, कार्तिक २२ गते २०८३

महालक्ष्मी विकास बैंकले ७.४८ प्रतिशत लाभांश दिने


कार्तिक २२, २०८३ शनिबार
महालक्ष्मी विकास बैंकले ७.४८ प्रतिशत लाभांश दिने

  महालक्ष्मी विकास बैंकले गत आर्थिक वर्ष २०८२र८३ को नाफाबाट सेयरधनीलाई ७.४८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

बैंकको सञ्चालक समितिको शुक्रबार बसेको ६५७औँ बैठकले ३.७० प्रतिशत बोनस सेयर र ३.७८ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव गरेको हो ।

 सञ्चालक समितिबाट प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी २५औँ वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीलाई वितरण गरिने बैंकले जनाएको छ ।