सरकारले काठमाडौँको स्युचाटारमा नेपालको पहिलो सार्वभौम एआई (कृत्रिम बौद्धिकता) कम्प्युट केन्द्र स्थापना गर्ने घोषणा गरेको छ । आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाललाई एआई युगमा आत्मविश्वासका साथ अघि बढाउन विशेष पहल सुरु गरिएको जानकारी दिए।
उनका अनुसार स्युचाटारमा स्थापना गरिने उक्त केन्द्रका लागि हजारौँ एआई प्रोसेसिङ युनिट (एपीयू) खरिद गरिनेछ । यसमार्फत एआई उद्यमी, प्रविधि क्षेत्रमा काम गरिरहेका स्टार्टअप तथा नवप्रवर्तनकारी युवालाई सहुलियतपूर्ण कम्प्युट क्षमता उपलब्ध गराइने सरकारको योजना छ।
नेपालपत्र संवाददाता