जनबादी गणतन्त्र चीनका राष्ट्रपति शी जिनपिङले मध्यपूर्बमा ईरानका बिरूद्ध अमेरिका र इज्रायलले छेडेकाे अबाञ्छित युद्ध र बढ्दाे बिश्व संकटका बारेमा प्रष्ट र सिधा सन्देश दिएका छन्, जसमा उनले इजरायली सेनालाई दक्षिण लेबननबाट तुरुन्तै फिर्ता हुन जोडदार आह्वान गरेका छन् र त्यो क्षेत्रलाई 'अर्को गाज़ा' बन्न नदिन खुल्ला चेतावनी पनि दिएका छन्। हालै खुलस्त पारिएका उनका यी टिप्पणीहरूले चिन मध्यपूर्वीय कूटनीतिमा क्रमबद्ध रूपमा बढी सक्रिय हुन थालेकाे र सार्थक भूमिका निर्वाह गर्दै दृढताकासाथ अघि बढ्न चाहेको कुरा प्रष्ट दर्शाउँछ।
बेइजिङले बिग्रँदो परिस्थितिलाई दर्शाउँदै लेबनानको सार्वभौमिकताको गम्भीर उल्लंघन भएको यथार्थ बस्तुगत कुरा प्रस्तुत गरेको छ । यसमा चीनका राष्ट्रपति शीले के प्रष्ट चेतावनी दिएका छन् भने सैन्य उपस्थितिलाई निरन्तरता दिइए अमेरिकाको रोकथामकाे कार्य र व्यापक मानवीय संकट तर्फ त्यसले धकेल्न सक्छ। उक्त बयानले त्यस मध्यपूर्ब क्षेत्रप्रतिका बढ्दो चिन्ता देखाउँछ । हुन पनि जसरी त्यो क्षेत्रमा सैन्य गतिबिधि र अपरेशन बढिरहेका छन् त्यसले सम्पूर्ण नागरिकहरू र पूर्वाधारहरूमा पार्ने प्रभाव बारे प्रष्ट पारेकै छ । रणनीतिक कदमको रूपमा, चीनले त्यस क्षेत्रलाई स्थिर पार्ने, 'ब्लु लाइन' सीमाना पुनर्स्थापना गर्ने र संयुक्त राष्ट्रसंघ अन्तर्गत निगरानी राख्ने उद्देश्यले बहुपक्षीय शान्ति सम्मेलनको आयोजनाको महत्वपूर्ण प्रस्ताव पनि अघि सारेको छ।
बास्तवमा यसले बेइजिङलाई वैकल्पिक बिश्व कूटनीतिक शक्तिका रूपमा प्रस्तुत गर्दछ,त्यो पनि बस्तुतः यस्तो समयमा जतिबेला यस मुद्दामा विश्व नेतृत्वको स्थितिप्रति अत्यन्तै गम्भीर प्रश्नबाचक चिन्ह खडा भइसकेकाे र भइरहेकाेछ। यस सम्बन्धमा इज्रायलबाट अहिलेसम्म कुनै आधिकारिक प्रतिक्रिया नआएका कारण तनाव अझ बढ्दै गएको छ। यस प्रकारकाे परिस्थितिको विकाससँगै, ध्यान यसतर्फ केन्द्रित हुँदैछ कि चीनले आफ्ना यी कडा शब्दहरूलाई वैश्विक स्तरमा ठोस कार्यमा रूपान्तरण गर्नेछ कि छैन निकै गम्भीर प्रतिक्षाकाे बिषय छ ।
नेपालपत्र संवाददाता