बुधबार, भाद्र ३ गते २०८३

माओ जयन्तिकासाथ राष्ट्रिय किसान भेला सम्पन्न : रामदुलार महताे अध्यक्ष, राजन साह महासचिवमा चयन, ४५ सदस्यीय केन्द्रिय समिति गठन

पौष १५, २०८२ मंगलबार
माओ जयन्तिकासाथ राष्ट्रिय किसान भेला सम्पन्न : रामदुलार  महताे अध्यक्ष, राजन साह महासचिवमा चयन, ४५ सदस्यीय केन्द्रिय समिति गठन

बसाहा, बर्षेडाँडा उदयपुर । नेपाल कम्युनिष्ट पार्टीको भातृ संगठन अखिल नेपाल प्रगतिशील किसान (All Nepal Progressive Peasat's Union) एकताको राष्ट्रिय भेला ‘कृषि बचाऔं, किसान बचाऔं, देश बचाऔं, राष्ट्रियतालाई सुदृढ पारौ’ भन्ने सामयिक  नाराकासाथ ‘नेपाल कम्युनिष्ट पार्टी किसानसँग’ राष्ट्रिय अभियान २०८२ को उत्कर्षमा उदयपुर जिल्लाको चौडण्डीगढी नगरपालिका वडा नं ४ बर्षेडाँडा बसाहामा एक बिशेष समारोहका बीच सम्पन्न भएको छ ।भेलाको बन्द सत्रले ब्यापक छलफल र बिचार बिमर्शपछि  एउटा संक्षिप्त घोषणापत्र र अन्तरिम बिधान परिमार्जनसहीत पारित गर्नुकासाथै अखिल नेपाल प्रगतिशील किसान संघको ४५ सदस्यीय केन्द्रिय समितिको पनि निर्माण गरेको छ । जस अनुसार अध्यक्षमा रामदुलार महतो, उपाध्यक्षद्वय  कुशुम पौडेल र शुकदेब चाैधरी  प्रदेशका उपाध्यक्षहरु चन्द्रदेब राम, गोपाल महर्जन, रामकरण राव(रिक्त ४) महासचिववमा राजन साह, सचिवमा ठाकुर खपाङ्गी तथा कोषाधक्षमा भोजराज खनाललाई चयन गरेको छ भने केन्द्रीय सदस्यमा  गोबिन्द गुरुङ्ग,  युवराज लिम्बु, रबिन्द्रकुमार श्रेष्ठ, अमृत तामाङ्ग, परशुराम प्याकुरेल, गिरिजा कुमारी चौधरी, भरत मल्ल ठकुरी, पुष्पलता चौधरी,अनन्त धिताल, प्रेमकुमार दनुवार,कैलाश यादब, बद्रिबिशाल यादब, सबुजा खातुन, किसावती धमला, सीताकुमारी राम, गिरिराज सञ्ज्याल, खुशीराम चौधरी,राजकुलन्दर प्रसाद साह, समिम मियाँ भार, राम औतार साह,कान्छाराम श्रेष्ठ, भरत कोहार, शकुन्तला लोहार, रामशुभक मल्लाह, र रामशरण महर्जन(२ जना रिक्त) रहनु भएको छ । भेलाले केन्द्रिय कार्यालय जनकपुर र केन्द्रिय सम्पर्क कार्यालय काठमाण्डौमा रहने समझदारी पनि बनाएको छ ।

Kisanhalma.jpeg

किसानका ज्वलन्त तत्कालीन र दीर्घकालीन माग र नारासहीत ब्यानर र झण्डा सहीतको किसान मार्च गर्दैै   बिश्व सर्बहारा बर्गका गुरु नयाँ जनबादी क्रान्तिका प्रणेता तथा प्रयोक्त तथा किसानलाई यस क्रान्तिको मूख्य शक्तिकोरुपमा पहिचान दिलाउने कमरेड माओको १३२औं जन्म जयन्तिप्रति समर्पित  उद्घाटन समारोहमा अखिल नेपाल प्रगतिशील किसान संघको हसियामाथि तीन तारा अंकित झण्डलाई उच्च उठाउदै नेपाल कम्युनिष्ट पार्टीका संयाेजक लाेकनारायण सुबेदीले उद्घानट गर्नुभयो र त्यस किसान सभालाई सम्बोधन गर्दै भन्नुभयो – नयाँ जनबादी क्रान्तिको मेरुदण्ड र मूख्य शक्ति किसान र कृषिका अधारभूत समस्या समाधान नभई देशको राष्ट्रियता, जनतन्त्त र जनजीबिकाका मूलभूत समस्या पनि समाधान हुन सक्तैनन् भन्ने यथार्थ आज झनपछि झन् अत्यन्तै बिकराल बन्दै गएको देशको बढ्दो संकट र समस्याले प्रष्ट पारिरहेको छ । आजको यूवा बेरोजगारी र पलायन हुनु, घर–घर बृद्धाश्रमि बन्दै जानु र देश नै आज इतिहासमै अत्यन्त कमजोर निरीह  बन्दै जानुले यो कुरा एकदमै प्रष्ट पारेको छ ।  गएको भदौ २३ गतेको निर्दोष यूवाहरुमाथिको क्रूर नर हत्या र भदौ २४ गते मच्चाइएको अत्यन्तै नियोजित बिध्वंशले संसदीय ब्यवस्था र यसका सम्बाहक भ्रष्टाचारमा चुर्लुम्म डुेबका साम्राज्यबादपरस्त लम्पसारबादी संसदबादी, यथास्थितिबादी र प्रतिगमनकारी कथित नयाँ र पुराना दलहरुबाट देश, जनता, संबिधान केही पनि जोगिन सक्तैन भन्ने कुरा सबैमा एकदमै छर्लंग भएको र भइरहेको छ । त्यसैले सबै किसिमका साम्राज्यबादी गतिबिधि र बाह्य हस्तक्षेपका बिरुद्ध र सामन्ती प्रतिकृयाबादका बिरुद्ध लडिरहेका देश र जनताप्रति निष्ठापूर्बक समर्पित सच्चा प्रगतिशील निष्ठाबान कम्युनिष्ट, लोकतान्त्रिक र देशभक्त शक्तिहरुको सर्ब पक्षीय सम्मेलन, त्यसबाट निर्मित स्वाधीन राष्ट्रिय सरकार र राष्ट्रिय जन संबिधान पुनर्लेखन  मात्र आजको राष्ट्रिय दीर्घकालीन साझा निकास  हुन सक्छ । अजंगका भ्रष्टाचार, मानब तस्करी, कालोबजारी, सुदखोरी लगायतका देश र जनताका हित बिपरीतका गतिबिधिरुलाई ढाकछोप गर्न र पुनः त्यस्ता घटनाहरुलाई नबिकरण गर्न गरिने चुनावले देशमा उत्पन्न अपूर्ब संकटबाट यसलाई त्राण दिन र बचाउन सक्तैन । नेपाल कम्युनिष्ट पार्टी संकट मोचनका लागि पुनः यही आह्वान गर्दछ । यसरी मात्र कृषि र किसानका समस्याको पनि सही समाधान गर्ने उचित र अनुकूल बतावरण बन्दछ र देशले नयाँ जनबादी क्रान्तिका आधारभूत कार्यभार पूरा गर्दै बैज्ञानिक समाजबादको सुरक्षित, सुनिश्चित र सुन्दर भबिष्यतर्फ फड्को मार्ने सही बाटो लिन सक्छ । 

kisanhalma2.jpeg
    समारोहमा नेकपाका सचिवालय सदस्य एबं संगठन बिभाव प्रमुख क. लक्षमण उप्रेतीले किसान भेलालाई सम्बोधन गर्दै सच्चा क्रान्तिकारी शक्तिहरुको एकता र उच्च संघर्ष  बिना देश र जनता खाशगरी किसानको सार्थक मुक्ति र प्रगति हुन सक्तैन । त्यसैले आज संशोधनबादी, अवसरीबादी तथा आत्मसमर्पणबादीहरुको कुनै किसिमको भ्रममा नपरी नेपाली समाजका सचेत जन समुदाय क्रान्तिकारी शक्तिको वरिपरी गोलबन्द हुनु पर्ने कुरालाई आत्मसात गर्दै हामी कमरेड पुष्पलालको सही नीति र दिशाबोधकासाथ गत भाद्र ३० गते अर्था महान १५ सेप्टेम्बर २०२५ को ऐतिहासिक दिनदेखि क्रान्तिकारी एकीकरण र  धु्रबीकरणको दिशामा अघि बढ्दै र जन बर्गलाई अभियानकारुपमा संगठित सचेत र संघर्षशील तुल्याउन अग्रसर भइरहेका छौ भन्नु भयो । 
नेकपाका सचिवालय सदस्य तथा कोशी प्रदेश ईञ्चार्ज  भिम सेढाईले सही नीति लिएर सही बाटो नहिडी देश र जनताले मुक्ति पाउँदैनन् र सार्थक प्रगति हुदैन भन्ने कमरेड पुष्पलालले भन्नु भएको कुरा समयले प्रष्ट पारिसकेको छ भन्ने यथार्थ औंल्याउनु भयो । उहाँले आफुहरु ८ जनाले पाएको सम्मान सही दिशाबोध र सघर्षशील भूमिकाको सम्मान हो भन्नु हुँदै क. माओ र क. पुष्पलालको योगदानलाई स्मरण गर्नु भयो । 

kisanjulus3.jpeg
पार्टी सचिवालय सदस्य तथा उद्योग ब्यापार संघको इञ्चार्ज बिके अर्यालले किसानलाई कृषिको उत्थान गर्ने बिशेष कार्यक्रमकासाथ किसान आन्दोलनलाई अघि बढाउन सकेमा मात्र यस भेलाको सार्थकता हुने कुरामा जोड दिनु भयो । 
पार्टीका अर्का सचिवालय सदस्य तथा प्रकाशन बिभाग प्रमुख भूमिनन्दन देबकोटाले बित्तीय साम्राज्यबाद र सामन्तबादबाट किसानलाई मुक्त नगरी नयाँ जनबादी क्रान्तिको कार्यभार पूरा हुँदैन र समाजबाद बन्ने आधार तयार हुदैन भन्ने प्रष्ट पार्नु भयो । 
त्यसैगरी अर्का सचिवालय सदस्य तथा एकता बार्ता मोर्चा समितिका सदस्य पुष्कर गौतमले माओले सफल पारेको कृषि क्रान्तिलाई नेपालमा कमरेड पुष्पलालले अघि सारे पनि त्यसले अझसम्म पूर्णता नपाउँदा देश प्रतिगमन र यथास्थितिबादको घोर संकटमा फँसेको उल्लेख गर्नु भयो । 

hiralalmurarimani.jpeg
सचिवालय सदस्य बुद्धिजीव संगठनका सदस्य बद्रीनाथ अधिकारीले माओ र पुष्पलालका योगदानहरुलाई सम्झेर किसान आन्दोलनलाई अग्रगति दिनसकेमा मात्र संकटको निवारण र समस्याको समाधान हुने कुरा प्रष्ट पार्नु भयो । 
सचिवालयका अर्का सदस्य लुम्बिनी प्रदेश इञ्चार्ज युवाराज नास्तिकले किसानका हक हित र प्रतिष्ठाका लागि सामन्तबाद साम्राज्यबाद बिरोधी कृषि क्रान्तिलाई सम्पन्न नगरी क. माओ र क. पुष्पलाललाई स्मरण गरेको सार्थक हुँदैन भन्नु भयो ।
पर्टी सचिवालयकी महिला सदस्य तथा महिला बिभाग इञ्चार्ज सीता सुबेदीले मानिसलाई बचाउने महत्वपूर्ण शक्ति नै क्रान्तिको सम्बाहक हुन्छ भन्ने क. माओको सही बाटोलाई पक्रिदै क. पुष्पलालले पार्टी गठन गर्दादेखि नै किसानका कुरा जोडदाररुपमा उठाएको र महिला हकहितको निमित्त पनि उहाले कदम चालेको स्मरण गर्नु भयो । 

kisanmarch.jpegपर्टीका सचिवालय सदस्य तथा शिक्षक तथा प्राध्यापक संगठनका इञ्चार्ज डा. भगवानचन्द्र ज्ञावालीले अबसरबादीहरुले चलाएका बिषालु हल्लाको पछि नलागी क. माओ र पुष्पलालका परीक्षित बाटोमा सही किसिमले अघि बढ्न सके नेपाल र नेपाली किसानका हक हित हुने ब्यवस्था ल्याउन सकिन्छ भन्नु भयो ।
पर्टीका सचिवालय सदस्य तथा यूवा इञ्चार्ज भिम नेउपानेले सही दृष्टिकोण र सही ब्यबहार बिना क्रान्ति अघि बढ्न सक्तैन भन्ने मान्यता राखेर नै कमरेड पुष्पलालको सही बिचारको वरिपरी आज हामी सबै गोलबन्द भएका छौ र किसानलाई उठाउन र अघि बढाउन खोजिरहेका छौं । युबा शक्ति त्यसका लागि निरन्तर लागिरहने छ भन्नु भयो ।
सचिवालय सदस्य भूमि ढुंगानाले निरन्तर क्रान्तिकारी बाटोमा अडिग रुपमा लाग्न सकेमा मात्र क्रान्ति सम्पन्न हुन्छ र देश र जनताले मुक्ति पाउँदछन् भन्नु भयो ।

Kisanjulus.jpeg
सचिवालय सदस्य तथा कानुनी सल्लाहाकार डा.डीपी पौडेलले कमरेड पुष्पलालको नीतिमा हिड्दा हामीले गौरबको अनुभव गर्दछौं । किनभने उनले नेपाली जनता र राष्ट्र«को हितमा प्रष्ट र सही कुरा राखेका थिए भन्नु भयो । 
महिला कानुन ब्यवसायी तथा पोलिट ब्यूरो सदस्य रिता पोखरेलले सही पाटी र सही नीतिले मात्र जनताको भबिष्य उज्जल बनाउनु सक्छ भनेर यो पार्टीमा आबद्ध भएको भावना ब्यक्त गर्नु भएको थियो ।
कार्यक्रममा क. पुष्पलाल जन्म शतबार्षिकीको सन्दर्भमा यस ऐतिहासिक किसान भेलामा सम्मानित  मणिराज पौडेलले बोल्नु हुँदै कम्युनिष्टहरुले आ–आफ्ना बिचार भए पनि जनता र राष्ट्रको हित हुने कुरा छोड्नु हुँदैन भन्नु भयो ।
सम्मानित अर्का ब्यक्तित्व मुरारी कार्कीले ढिलो चाँडो क्रान्ति नभई छाड्दैन । यूवाहरुले क्रान्ति गरेरै छाड्छन् भन्ने दृढ बिश्वास ब्यक्त गर्दै त्यस प्रकारको क्रान्तिले आफुजस्ता संघर्षशील बृद्धहरुको पनि कल्याण हुने भावना ब्यक्त गर्नु भयो । 
सम्मानित तेश्रो बक्ता हिरालाल चौधरीले नेपाल कम्युनिष्ट पार्टीले किसान भेला गरेर कृषि र किसानको उत्थान गर्ने कम्युनिष्ट आन्दोलनको मूल धेयलाई पक्रेको छ । आज कृषि जमिनलाई भूमफियाहरुले कंक्रिटमा बदल्दै लगेका छन्,यसलाई रोक्न किसान संघ सफल होस् भन्ने शुभ कामना पनि उहाँले दिनु भयो । 

Kisanmarchmahila.jpeg

पोलिट ब्यूरो सदस्य प्राध्यापक सुशील भटराईले सही बिचारको नै अन्ततोगत्वा बिजय हुन्छ भन्ने कुरा राख्नु हुँदै कृषि र किसानलाई सही किसिमले  उठाउन सके देश आत्मनिर्भर समृद्ध हुन्छ भन्नु भयो ।
सम्मानित ब्यक्तित्वहरु मुन्सीलाल दास, भदेश्वर प्रसाद साह, हरि राउत र माधव कट्टेल अस्वस्ताका कारणले कार्यक्रममा उपस्थित हुन नसकेको जानकारी गराइएको थियो । 
सचिवालय सदस्य तथा आर्थिक बिभाग इञ्चार्ज अन्कुल कुमार राउतले सञ्चालन गर्नु भएको कार्यक्रममा किसान भेलामा उपस्थित किसान प्रतिनिधि र पार्टी नेतृत्वका सम्पूर्ण कामरेडहरुलाई हार्दिक स्वागत गर्दै सचिवालय सदस्य भिमकुमार बान्तबाले कम्युनिष्ट आन्दोलनका कमजोरीहरुलाई हटाउदै एकताबद्ध भएर अघि बढ्न तत्पर सबै उपस्थित कामरेडहरुलाई स्वागत गर्न पाउँदा खुशी लागेको छ र एकताबद्ध भएर अघि बढ्ने तत्परता कायम रहोस् कम्युनिष्ट आन्दोलन सशक्त र परिणामदायी बनोस् भन्नु भयो ।