"नेपाल कम्युनिष्ट पार्टी,किसानसङ्ग" राष्ट्रिय अभियान अनतरगत उदयपुरको त्रिजुँगा न.पा. ७ वडामा नेकपा केन्द्रीय सद्स्य हर्क ब. दनुवारको अध्यक्षता हिजाे मंसिर २३ गते साँझ ६ बजेदेखि राती अबेरसम्म किसान भेला सम्पन्न भयो।भेलाले अखिल नेपाल प्रगतिशील किसान संघको १३ सद्स्यीय समिति गठन गरेको छ।समितिको अध्यक्ष ,सचिव र कोषाध्यक्षमा क्रमश; श्याम दनुवार ,विष्णु दनुवार र शान्ति दनुवार रहनु भएको छ।

भेलामा नेकपाका सचिवालय सद्स्य ,संगठन बिभाग प्रमुख क. लक्ष्मण उप्रेती,सचिवालय सदस्यहरू क.अन्कुलकुमारा राउत र क. राजन साहको विशेष उपस्थिति रहेको थियो। भेलाले यही पाैष ११ गते हुने उदयपुर बसाहामा हुने राष्ट्रिय किसान भेला सफल पार्न सहभागिता र सहयाेग जुटाउन अधिकतम पहल गर्ने निर्णय गरेकाे ।
नेपालपत्र संवाददाता