बुधबार, भाद्र ३ गते २०८३

क्रान्तिकारी कम्युनिष्टहरूलाई एकताका लागि बधाई तथा शुभकामना !


मंसिर २, २०८२ मंगलबार
क्रान्तिकारी कम्युनिष्टहरूलाई एकताका लागि बधाई तथा शुभकामना !

बिश्व कम्युनिष्ट आन्दोलनको जन्म नै बिश्व समाजमा कायम रहेको बर्ग बिभेदको अन्त्य र शोषणयुक्त समाजलाई शोषणमुक्त समाज बनाउने आधारभूत मानबीय मूल्य र मान्यताका लागि भएको हो । त्यसैले बर्ग संघर्षको बिद्यमान सामाजिक स्थितिको अत्य तथा समानता, न्याय र सुनिश्चित तथा सुरक्षित मानबीय भबिष्य यस आन्दोलनको उदात्त लक्ष हो । यही सारभूत यथार्थलाई आत्मसात गरेर क्रान्तिकारी कम्युनिष्टहरुले दृढतापूर्बका  अग्रगामी पाइला चाल्दै ध्रबीकृत र एकीकत हुन नितान्त जरुरी छ । जनतामाथि शोषण र त्यस आधारमा शासन गर्नेहरुसँग मिलेर कोही पनि कदापि कम्युनिष्ट बन्न सक्तैन । मूल कुरा शोषणमा आधारित शासन ब्यवस्थालाई पाल्ने कि फाल्ने कुन कित्तामा  खडा हुने भन्ने खराे प्रश्नकाे सही उत्तरकाे खाेजी सच्चा  कम्युनिष्ट आन्दोलनमा लागेकाहरु सबैले गम्भीरतापूर्बक मनन र आत्मसात गर्नु जरुरी छ ।

ekta3.jpeg

सिङ्गो नेपाल र श्रमजीवी मजदुर किसान लगायतका सम्पूर्ण शोषित-पीडित वर्ग र समुदायहरुको स्वाधीनता र प्रगतिको लागि विश्वस्तरमा अकाट्य प्रमाणित सिद्धान्त मार्क्सवाद-लेनिनवाद-माओविचारधारा हो । यसैको सैद्धान्तिक र सिर्जनात्मक आलोकमा नेपाल कम्यनिष्ट पार्टीका संस्थापक वैचारिक नेता कमरेड पुष्पलालका वस्तुवादी र क्रान्तिकारी नीति र कृतिका वरीपरी गोलवन्द भै क्रान्तिकारी कम्युनिस्ट आन्दोलनको पुनर्गठनमा सकृय रहेका नेपालका दुई कम्युनिस्ट पार्टीहरु क्रमशः नेपाल कम्युनिष्ट पार्टी र अखिल नेपाल कम्युनिष्ट पार्टीको गत २०८२ भाद्र ३० गते तदनुरुप १५ सेप्टेम्बर २०२५ मा ऐतिहासिक एकता घोषणा भएको थियो । तत्पश्चात हिजाे २०८२ मंसीर १ गते पुन: नेपाल कम्युनिष्ट पार्टी र नेपाल कम्यिनष्ट पार्टी (मार्क्सबादी)का बीच एकीकृत भइ नेपाल कम्युनिस्ट पार्टीको पुनर्निर्माण भएकोछ । 

ekta4.jpeg

कमरेड पुष्पलालले  मार्क्सबाद–लेनिनबाद–माओ बिचारधाराको आलोकमा प्रक्षेपण गरेको सही दिशाबोध र नीतिका आधारमा नेपाली समाजको आमूल परिबर्तनका लागि सही किसिमले अघि बढ्न उद्यत सम्पूर्ण कम्युनिष्ट क्रान्तिकारीहरुको ध्रुबीकरण र एकताको आवश्यकता राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिकाे आजकाे सन्दर्भमा सबैभन्दा प्रबल र प्रखररुपमा टड्कारो बन्न गएको छ । यसै वास्तकितलाई गम्भीरतमरुपमा अनुभूत गरेर गत भाद्र ३० गते अर्थात १५ सेप्टेम्बरका दिन नेपाल कम्युनिष्ट पार्टी र अखिल नेपाल कम्युनिष्ट पार्टीका बीच एकीकरण भएर नेपाल कम्युनिष्ट पार्टी पुनर्गठित  भएको हाे । एकीकरणको यो अपरिहार्य र अनिवार्य क्रममा नेपाल कम्युनिष्ट पार्टी र नेपाल कम्युनिष्ट पार्टी (मार्क्सबादी)पुनः एकीकृत भएर दोश्रो पटक नेपाली कम्युनिष्ट पार्टी पुनर्गठित भएको छ । यसका लागि दुबै पार्टीका क्रान्तिकारी कमरेडहरु यो एकतालाई सफल तुल्याउन जसरी प्रयत्नशील रहेका हुन् अब यो एकतालाई सबल, सुदृढ र जनता र राष्ट्रको लागि संघर्षशील तुल्याउन पनि सफल हुने दृढ बिश्वासकासाथ थप क्रान्तिकारी कम्युनिष्ट एकताका निमित्त शुभकामना !

ekta5.jpeg

यतिबेला ‘खुला र खुलस्त होऊ जालझेल र षडयन्त्र नगर, एकताबद्ध होऊ नफूट, मार्क्सबादको प्रयोग गर संंशोधनबादको होइन, भन्ने बिश्व क्युनिष्ट आन्दोलनका महान नेता क. माओको प्रेरणास्पद र सार्थक उक्तिलाई क्रान्तिकारीहरुले मनन र आत्मसात गर्नु जरुरी छ । आज हाम्रो देशलाई यहाँको प्रतिकृयाबादी सत्ताको संकीर्ण स्वार्थ र बाह्य साम्राज्यबादी शक्तिहरुलको अपूर्ब चलखेलले जुन चक्रब्यूहमा धकेलेको छ त्यसबाट बाहिर निस्कन, राष्ट्रियता र राष्ट्रिय सार्बभौमिकतलाई अक्षुण्ण राख्न र नेपाली समाजलाई बर्गीय शोषण र सामाजिक उत्पीडनबाट मुक्त तुल्याउन कम्युनिष्ट आन्दोलनको क्रान्तिकारी ध्रुबीकरण र एकता पल पल अनिवार्य छ भन्ने कुरालाई एक निमेष पनि नभुलौं भन्ने देश र जनताका लागि समर्पित क्रान्तिकारी कम्युनिष्टहरुमा थप बिशेष आग्रह पनि छ । 

cc photo.jpg

हिजो सम्वाद डबली अनाम नगरमा भएको  दुइ पार्टी बीचको एकताको अध्यक्षता नेपाल कम्युनिष्ट पार्टीका संयोजक लोक नारायण सुबेदीले गर्नु भएको थियो भने प्रमुख बक्ता नेपाल कम्युनिष्ट पार्टी (मार्क्सबादी)का अध्यक्ष् अम्बिका थैब हुनु हुन्थ्यो । नेकपाका सचिवालय सदस्य नारायण शर्माले सञ्चालन गर्नु भएको सो कार्यक्रममा पार्टीका सविचालय सदस्य लक्ष्मण उप्रतिले दुइ पार्टीको एकताको आधारपत्र र एकीकृत भएका कमरेडहरुको नामावल बाचन गरेर सुनाउनु भएको थियोे । कार्यक्रममा स्वागत मन्तब्य नेकपा(मार्क्सबादीका महासचिव युवराज नास्तिकले दिनु भएको थियो भने धन्यबाद ज्ञापन नेपाल कम्युनिष्ट पार्टीका सचिवालय सदस्य शरणबिक्रम मल्लले गर्नु भएको थियो ।

groupphotekta.jpg
कार्यक्रममा पुराना कम्युनिष्ट नेता टंक पोखरेल, अर्का स्वतन्त्र कम्युनिष्ट नेता छबिलाल घिमिरे क्रान्तिकारी नेपाल कम्युनिष्ट पार्टीका पोलिट बयूरो सदस्य दिनेश शर्मा, नेकपा(मार्क्सबादी पुष्पलाल)का बरिष्ठ नेता अच्यूतराज ज्ञवाली, समाजबादी कम्युनिष्ट पार्टी स्थाई समितिका सदस्य माधव गौतम, नेपाल कम्युनिष्ट पार्टी केन्द्र संयोजन मण्लकी नेतृृ इन्दिरा अधिकारी,नागरिक अभियन्ताहरु टेकबहादुर बिश्वकर्मा र कुमार श्रेष्ठ सबैले क्रान्तिकारी एकताप्रति सारगर्भित शुभकामना मनतब्य दिनु हुँदै क्रान्तिकारी कम्युनिष्टहरुको एकताले सही दिशा र गति लिएर अघि बढन सकोस् भन्ने भावना ब्यक्त गर्नु भएको थियो ।