शनिबार, आश्विन १७ गते २०८३

प्राइम कमर्शिलय बैंकको १६ प्रतिशत बोनस सेयर प्रस्ताब

कार्तिक २३, २०७८ मंगलबार
प्राइम कमर्शिलय बैंकको १६ प्रतिशत बोनस सेयर प्रस्ताब

 

प्राइम कमर्शियल बैंकले गत आर्थिक वर्ष २०७७७८ को मुनाफाबाट प्रति शेयर १६.६३१३प्रतिशत लाभांश प्रस्ताव गरेको छ । कात्तिक २२ गते बसेको सञ्चालक समितिको बैंठकले १६ का दरले बोनस सेयर र ०.६३१३ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ । 

नगद लाभांश अघिल्ला वर्षका लाभांशमा कर तिर्नु पर्ने तर असूल हुन छुटेका तथा यस वर्ष कर तिर्नु पर्ने शेयरधनीहरुको कर रकममा मिलान गर्ने प्रयोजनार्थ प्रस्ताव गरिएको बैंकले जनाएको छ ।

प्रस्तावित बोनस शेयर र नगद लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति र बैंकको वार्षिक साधारणसभाबाट पारित भए पश्चात प्रदान गरिने हुनेछ ।