बिहीबार , श्रावण २१ गते २०८३

स्वेच्छा सहकारीको १५ औं साधारण सभा, विभिन्न विधामा सदस्यलाई गरियो सम्मान


भाद्र २९, २०८२ आइतबार
स्वेच्छा सहकारीको १५ औं साधारण सभा, विभिन्न विधामा सदस्यलाई गरियो सम्मान

पाँचखाल ४ काभ्रेमा रहेको स्वेच्छा बचत तथा ऋण सहकारी संस्थाको १५ औं साधारण सभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष ओमकार श्रेष्ठको अध्यक्षता तथा काभ्रे जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष उदयराम कायस्थको प्रमुख आतिथ्यतामा साधारण सभा सम्पन्न भएको हो ।

सभा बोल्दै प्रमुख अतिथि कायस्थले कतिपय संस्थाका सञ्चालकहरुले बढी ऋण लिइएको र समयमा ऋण नर्तिदा समस्या आएको बताए । उनले विना धितो ऋण लगानी र लेखा सुपरीवेक्षण समितिको निस्कृयताले पनि ती संस्थामा समस्या आएको उल्लेख गरे । स्वेच्छा सहकारीले सदस्यहरुलाई पहिलो प्राथमिकतामा राखेर सेवा दिएको र लेखा  समिति पनि सकृय भएका कारण संस्था सुरक्षित भएको उनले बताए । उनले बचत संघले सहकारीका समस्यालाई समाधान गर्न नगरपालिकासँग समन्वय गरेर काम गरेको जानकारी दिए । सभामा संस्थाका अध्यक्ष श्रेष्ठले सहकारी मार्फत् सदस्यहरुको आर्थिक तथा सामाजिक परिवर्तन ल्याउने उदेश्यले २०६७ सालमा संस्था सुरु गरिएको बताए । संस्थाले आफ्नो कार्यक्षेत्र भित्रका सदस्यहरुलाई नियमित बचत गर्ने वानीको विकास गरी उद्यमशीलतामा जोडेर लगेको समेत उनले जानकारी दिए ।

संस्थाले आफ्नो क्षमता अनुसार सदस्यहरुमाझ ऋण परिचालन गरी उनीहरुको आयआर्जन वृद्धिमा टेवा पु¥याएको उनको भनाई छ । केहि सहकारीले गरेको वित्तीय अपचलनका कारण सहकारी क्षेत्रमा विश्वास घटे पनि संस्था भने मुल्य, मान्यता र सिद्धान्तमा आधारित भएर सञ्चालन भएकाले ढुक्क भएर नियमित कारोबार गर्न सदस्यहरुलाई आग्रह गरे । 
संस्थाले सदस्यहरुको सन्तुष्टी र गुणस्तरीय सेवा प्रदानलाई पहिलो प्राथमिकतामा राखेको समेत सभामा उल्लेख गरे । संस्थाका सचिव गणेश दनुवारले बार्षिक प्रतिवेदन प्रस्तुत गर्दै स्वास्थ्य शिविर,सदस्य अन्तरक्रिया तथा वनभोज,स्वेच्छा स्नातक छात्रवृति वितरण तथा खाद्यान्न वितरण जस्ता कार्यक्रम गरेको बताए । उनले यस आर्थिक बर्षमा स्थानीय तहसँगको समन्वयमा युवा, महिला तथा बालबालिका लक्षित कार्यक्रम सञ्चालन गरिने, सदस्यता वृद्धि गर्ने,सहकारी 
पुस्तकालय स्थापना गर्ने, सम्मान तथा पुरस्कारलाई निरन्तरता दिने बताए । संस्थाका कोषाध्यक्ष सुनिल सापकोटाले आर्थिक बर्ष २०८१\८२ को आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै शेयर पुँजी १ करोड ४३ लाख, बचत संकलन १५ करोड ९५ लाख र ऋण लगानी १९ करोड ७८ लाख भएको बताए । उनले गत आ.ब.मा २५ लाख २० हजार खुद बचत गरेको र सदस्यहरुलाई १० प्रतिशत लाभांश वितरण गरिने सभामा जानकारी दिए । 

542484343_2920329618166928_5147038176438088690_n.jpg लेखा सुपरीवेक्षण समितिको तर्फबाट संयोजक रञ्जित बोहोराले समितिको प्रतिवेदन प्रस्तुत गर्दै सञ्चालक समिति र कर्मचारीहरुको क्षमता विकास तालिम प्रदान गर्न सुझाए । संस्थाका व्यवस्थापक सन्तोष नापितले संस्थाले फरक पहिचान बनाउन सकेको भन्दै यस क्षेत्रमा रहेका सहकारी मध्ये संस्थाप्रति सदस्यको विश्वास बढेर गएको बताए । २७ जना व्यक्ति मिलेर संस्था दर्ता गरेको र ५३ जना सदस्यबाट कारोबार थालिएको संस्थामा १ हजार ३ सय माथि सदस्य आवद्ध भइ नियमित रुपमा वित्तीय कारोबार गर्दै आएको उनले जानकारी दिए । संस्थाले सदस्यहरुलाई सहज रुपमा वित्तीय सेवा दिन मोबाइल बैकिङ्ग,युटिलिटी पेमेन्ट,पोस सर्भिस र एसएमएस सर्भिस जस्ता सेवा प्रदान गर्दै आएको उनले बताए । साधारण सभामा जेष्ठ नागरिक,निय नियमित बचतकर्ता, असल ऋणी,सफल युवा व्यवसायी, अधिकतम शेयर खरिदकर्ता,उत्कृष्ट कर्मचारी र एसईई परिक्षामा उत्कृट अंक ल्याउने विद्यार्थी रबालबचत कर्ताहरुलाई नगद सहित सम्मान गरिएको थियो ।