शनिबार, आश्विन १७ गते २०८३

मेगा बैंकका ग्राहकहरुलाई आँखाको उपचारमा विशेष छुट 

कार्तिक १७, २०७८ बुधबार
मेगा बैंकका ग्राहकहरुलाई आँखाको उपचारमा विशेष छुट 

 

 मेगा बैंक नेपाल लिमिटेडका ग्राहकहरुलाई काठमाडौंको कलंकीस्थित दृष्टि आई केयरले विशेष छुट दिने सम्झौता भएको छ । मेगा बैंक  र दृष्टि आई केयर सिस्टमबीच  बैंकका ग्राहकहरुलाई आँखाको उपचारमा विशेष छुट र प्राथमिकता दिने सम्झौता भएको हो । 
सम्झौता अनुसार मेगा बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ता ग्राहकहरुले दृष्टि आई केयरको ओपीडीमा २० प्रतिशत, शल्यक्रिया शुल्कमा १० प्रतिशत, शल्यक्रिया प्याकेजमा ५ प्रतिशत, आँखाको परिक्षण र ल्यावमा ५÷५ प्रतिशत तथा चश्मा खरिदमा ७.५० प्रतिशतसम्म छुट पाउनेछन् ।  ​बैंकका ग्राहकहरुलाई यसअघि देखि नै काठमाडौँ लगायत देशका विभिन्न अस्पतालहरुले विशेष छुट दिँदै आएका छन् ।