राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले सल्यानमा शाखा विस्तार गरेकाे छ । बैंकले कर्णाली प्रदेश सल्यान जिल्लाको शारदा नगरपालिका वडा नं. २ स्थितमा शाखा विस्तार गरी कारोबार शुभारम्भ गरेको छ । यसपछि बैंकको शाखा कार्यालयहरुको संख्या २५६ पुगेको छ । बैंकका सातै प्रदेश, ७७ वटै जिल्लामा २५६ वटा शाखा कार्यालय, २१८ वटा एटिएम र ९८ वटा शाखा रहित बैंकिङ्ग रहेको छ ।