सिन्धुली । नेपाल कम्युनिष्ट पार्टीका केन्द्रिय समितिका सदस्य तथा सिन्धुली जिल्ला कमिटीका अध्यक्ष कमरेड कमल घिमिरेको हिजो साँझ सिन्धुली माढी उहाँकै घरमा निधन भएको छ । उहाँ निकै लामो समयदेखि बिमारी र असक्त अबस्थामा रहेर उपचाररत हनुहुन्थ्यो । उहाकी श्रीमती, दुइ छोरा, बुहारी, छोरी र नाती नातिनाहरु छन् ।

पाँच दशकदेखियता नेपाल कम्युनिष्ट आन्दोलनका सक्रिय रहँदै आउनु भएका कमरेड घिमिरे सिन्धुली जिल्लाको कम्युनिष्ट आन्दोलनका एक निष्ठबान, अनुशासित र इमान्दार अग्रज नेता र ब्यक्तित्वका रुपमा परिचित हुनुहुन्थ्यो । उहाँ देशको कम्युनिष्ट आनदोलनका महत्वपूर्ण मोडहरु २०३६ साल, २०४२ साल २०४६ र २०६२/६३ सालका आन्दोलनहरुमा सक्रिय सहभागी र साक्षी हुनुहुन्थ्यो ।

पार्टीका संगठक कमरेड घिमिरे कमरेड पुष्पलालको आदर्श, सिद्धान्त, नीती र कार्यक्रम अनुसार देशको कम्युनिष्ट आन्दोलन चल्न नसक्दा यसमा अनेक बिकृति र बिसगति आएको, सही दिशा लिन नसकेको जनताको यो आन्दोलन कमजोर बन्न पुगेकोमा चिन्तित हुनुुहुन्थ्यो । जनताका समस्याहरुलाई लिएर प्रशासनसँग जुध्ने र किसान मजदुरका कुरा उठाइरहने एक जोधाहा कामरेडलाई कम्युनिष्ट आन्दोलनले गुमाएको छ । उहालाई अश्रुपूर्ण एबं भावपूर्ण शब्द श्रद्धाञ्जली तथा शोकाकुल पार्टी सहयोद्धा कमरेडहरु र उहाँको परिबारजन, आफन्त र मित्रहरुमा गहिरो समवेदना !