आइतबार, आश्विन १८ गते २०८३

खाँदबारीमा लक्ष्मी बैंकको १३८औं शाखा 

कार्तिक १५, २०७८ सोमबार
खाँदबारीमा लक्ष्मी बैंकको १३८औं शाखा 

 

लक्ष्मी बैंकले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा आफ्नो १३८औं शाखा संखुवासभा जिल्लाको खाँदबारी नगरपालिका वडा न. १ मा संचालनमा ल्याएकोे छ । 

खाँदबारीको सजक टोलमा रहेकोे यो शाखा मार्फत बैंकले ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिंग सेवाका साथै साना तथा लघु व्यवसायीहरु माझ वित्तीय पहुँच पुर्‍याउने लक्ष्य राखेको छ ।

यस नयाँ शाखाको शुरुवात सँगै लक्ष्मी बैंकको शाखा संजाल ५० जिल्लामा १३८ शाखा, ७ एक्सटेन्सन काउन्टर र ५ हस्पिटल सेवा काउन्टर, १६८ एटिएम, २५०० भन्दा बढि रेमिटेन्स् एजेन्ट तथा ६३ शाखा रहित बैंकिङ्ग एजेन्टहरु पुगेको छ ।