आइतबार, आश्विन १८ गते २०८३

ग्लोबल आइएमई बैंकका थप २ नयाँ शाखारहित बैंकिङ्ग सेवा 

कार्तिक १५, २०७८ सोमबार
ग्लोबल आइएमई बैंकका थप २ नयाँ शाखारहित बैंकिङ्ग सेवा 

 

ग्लोबल आइएमई बैंक लिमिटेडले २ नयाँ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । बैंकले काभ्रेपलाञ्चोकको दाप्चा बजार र ताप्लेजुङ्गको सिन्वामा नयाँ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको हो । यी २ नयाँ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा आएसँगै बैंकको शाखारहित बैंकिङ्ग सेवा संख्या २६२ पुगेको छ । 

बैंकले काभ्रेपलाञ्चोक जिल्लाको नमोबुद्ध नगरपालिका वडा नं. ८, दाप्चा बजार र ताप्लेजुङ्ग जिल्लाको फाक्ताङलुङ गाँउपालिका वडा नं. ३, सिन्वामा शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको हो । बैंकको भकुण्डेबेसी शाखाअन्तर्गत रहनेगरी दाप्चा बजारमा खोलिएको सेवाको लागि कृष्ण कुमार श्रेष्ठ र ताप्लेजुङ्ग शाखाअन्तर्गत रहनेगरी सिन्वामा खोलिएको सेवाको लागि प्रेम प्रसाद निरौलालाई प्रतिनिधि नियुक्त गरिएको बैंकले जनाएको छ ।
 
कृषि, रेमिट्यान्स तथा पर्यटन मुख्य आयस्रोत रहेको त्यस क्षेत्रका बासिन्दाले बैंकिङ्ग सेवा उपभोग गर्नका लागि टाढाटाढासम्म पुग्नुपर्ने बाध्यतालाई हटाउनको लागि ग्लोबल आइएमई बैंकले ती स्थानहरुमा शाखारहित बैंकिङ्ग सेवा दिँदै आएको छ । 
बैंकले ७६ जिल्लामा २८२ शाखा, २५२ एटीएम, २६२ शाखा रहित बैंकिङ्ग सेवा, ४८ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी ८०० भन्दा बढि सेवा केन्द्रबाट ग्राहकवर्गलाई सेवा प्रदान गरिरहेको छ ।