शनिबार, आश्विन १७ गते २०८३

मध्य भोटेकोशी जलविद्युतको आइपीओ बाँडफाँड, सर्वसाधारणलले पाए १०/१० कित्ता

कार्तिक १४, २०७८ आइतबार
मध्य भोटेकोशी जलविद्युतको आइपीओ बाँडफाँड, सर्वसाधारणलले पाए १०/१० कित्ता

 

मध्य भोटेकोशी जलविद्युत कम्पनीको आईपीओ बाँडफाँड शुक्रबार कम्पनीको बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको नक्सालस्थित कार्यालयमा भएको छ । कम्पनीले बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल तथा सहायक बिक्री प्रबन्धकमा सिभिल क्यापिटल मार्केटलगायत अन्य पाँच मर्चेन्ट कम्पनीहरुलाई नियुक्त गरेको थियो ।

कम्पनीले असोज २० गतेदेखि २५ गतेसम्म सर्वासाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा प्राथमिक शेयर निष्काशन गरेको थियो । उक्त आईपीओमा २३ लाख ९० हजार २१८ लगानीकर्ताले ३ अर्ब ४१ करोड ८३ लाख २९ हजार रुपैयाँ बराबरको शेयर खरिदका लागि आवेदन दिएका मध्ये ९५ हजार ७२२ आवेदन रद्द भएको भई २२ लाख ९४ हजार ४९६ आवेदन स्वीकृत भएको थियो । स्वीकृत भएको आवेदनमध्ये ८ लाख १९ हजार आवेदकहरुले १०।१० कित्ताका शेयर पाएका हुन् ।

त्यस्तै कम्पनीका कर्मचारीहरुले ३ लाख ६० हजार कित्ता र म्युचुअल फण्डहरुले ४ लाख ५० हजार कित्ता शेयर प्राप्त गरेका छन । कम्पनीले गत वैशाख ५ गते नेपाल धितोपत्र बोर्डबाट कुल १ करोड ५० लाख कित्ता आईपीओ निष्काशनको अनुमति पाएको थियो ।