शनिबार, आश्विन १७ गते २०८३

बिश्वका १० उत्कृष्ट पर्यटकीय देशमध्ये नेपाल आठौं स्थानमा 

कार्तिक १२, २०७८ शुक्रबार
बिश्वका १० उत्कृष्ट पर्यटकीय देशमध्ये नेपाल आठौं स्थानमा 


काठमाण्डौ । बिश्व पर्यटकीय गन्तब्य बारे जानकारी दिने ट्राभल गाइडबुक – लोन्ली प्लानेटले उत्कृष्ट गन्तब्यहरुको २०२२ को सूचिमा नेपाललाई समेटेको छ ।

लोन्ली प्लानेटको सूचिमा पहिलो नम्बरमा कुक आइल्याण्ड छ भने दोश्रोमा नर्वे, तेश्रोमा मोरिसस्, चौथोमा बेलिज, पाँचौंमा स्लोभानिया, छैटौंमा एंगुइला, सातौंमा ओमान, आठौंमा नेपाल, नवौंमा मलावी र दशौंमा इजिप्ट बिश्व गन्तब्यका उत्कृष्ट सूचिमा परेका परेका छन् ।

कोरोनाले थला परेर मरणासन्न नेपालको पर्यटन ब्यवसाय क्षेत्रले यो उत्कृष्टको सूचिमा परेको समाचारलाई सुखद मानेको र यसबाट सकारात्मक प्रभाव पर्ने ठानेको पाइएको छ ।