एनआईसी एशिया बैंक लिमिटेडको संचालक समितिको आ.व. २०७७।७८ को मुनाफा तथा सञ्चित मुनाफाबाट बैंकको चुक्ता पुँजीको १५.७८९ प्रतिशत लाभांश रू. १ अर्ब ८२ करोड ५८ लाख वितरण गर्ने प्रस्ताव गरेको छ ।
बैठकले उक्त प्रस्तावित लाभांश मध्ये १५ प्रतिशत बोनश शेयर र ०.७८९ प्रतिशत नगद लाभांश लाभांश कर प्रयोजनार्थ प्रदान गर्ने निर्णय गरेको छ ।
प्रस्तावित उक्त लाभांश नेपाल राष्ट्र बैंक तथा बैंकको आगामी २४औं वार्षिक साधारण सभाबाट स्वीकृति पश्चात् आवश्यक नियमनकारी प्रक्रिया पूरा गरी बैंकका शेयरधनी महानुभावहरूलाई वितरण गरिनेछ ।
बैंकले गत आ.व. २०७७।७८ मा प्रति शेयर आम्दानी रू. २८.१८ आर्जन गर्न सफल भएको थियो भने खुद मुनाफा करिब रू. ३ अर्ब २६ करोड आर्जन गर्न सफल भएको थियो ।
बैंकको स्व–पुँजीमा प्रतिफल १७.०९ प्रतिशत रहेको छ र यस बैंक स्व–पुँजी प्रतिफलमा मुलुकका वाणिज्य बैंकहरूमध्ये पहिलो स्थानमा रहन सफल भएको दावी बैंकको छ ।