शनिबार, आश्विन १७ गते २०८३

ग्लोबल आइएमई बैंकको २८२ औँ शाखा मंगलबजारमा 

कार्तिक ८, २०७८ सोमबार
ग्लोबल आइएमई बैंकको २८२ औँ शाखा मंगलबजारमा 

ग्लोबल आइएमई बैंक लिमिटेडले ललितपुर जिल्ला ललितपुर महानगरपालिका–१६, मंगलबजारमा  आइतबारदेखि नयाँ शाखा सञ्चालनमा ल्याएको छ । नयाँ शाखाको सुरुवातसँगै बैंकको कुल शाखा २८२ पुगेका छन् ।

ग्लोबल आइएमई बैंकले मुलुकभर तथा मुलुक बाहिर बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले ७६ जिल्लामा २८२ शाखा, २५१ एटीएम, २६० शाखा रहित बैंकिङ्ग सेवा, ४८ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी ८४० भन्दा बढि सेवा केन्द्रबाट २६ लाख भन्दा बढि ग्राहकहरू माझ सेवा प्रदान गरिरहेको छ । 

बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिट्यान्स भित्रयाउने काममा अग्रणी भूमिका निभाउँदै आएको जनाएको छ ।