देशब्यापीरुपमा आएको दुइ दिनदेखिको अबिरल बेमौसमी बर्षाले देशका मेरुदण्ड र जीवनदायिनी शक्ति किसान बर्गको कतै बाढी,कतै पहिरो कतै कटान र कतै डुबानले गर्दा ठूलो क्षति भएको छ। यस बिपत्तिको घडीमा पीडित किसान परिबारलाई तत्काल उद्धार र सुरक्षा गर्न तथा सबै किसिमको राहत, क्षतिपूर्ति तथा सुरक्षित बसोबासोको ब्यवस्था गर्न सरकारसँग अखिल नेपाल किसान यूनियनले जोडदार माग गरेको छ । किसानको रक्षा गर, प्राकृतिक बिपत्तीमा परेका परिबारलाई राहत देऊ ! भन्ने आह्वान गर्दै यूनियनका अध्यक्ष लोकनारायण सुबेदीले आज प्रकाशित एक बक्तब्यमा उक्त माग गरेको हो । यूनियनकाे तर्फबाट जारी बक्तब्य निम्नानुसार छ :

किसानको रक्षा गर, प्राकृतिक विपत्तीमा परेका परिवारलाई राहत देऊ !
दुइ दिनदेखिको अबिरल बेमौसमी बर्षाले देशका पहाड र तराईका बिभिन्न भागका किसानहरुको बाढी, पहिरो, कटान र डुबानले समेतगर्दा ठूलो क्षति भएको छ र किसानको जीवन अत्यन्तै कष्टकर बनेको छ । कतिपय पुल पुलेसाहरु पानीको सतह बढ्नाले आउजाउ गर्न असुरक्षित भएका छन् भने कतिपय परिबार पहिरोका कारणले बेपत्ता अबस्थामा पुगेको पीडादायक स्थितिप्रति अखिल नेपाल किसान यूनियन अत्यन्तै चिन्ति बनेको छ ।
यस स्थितिमा किसानको उद्धार, उपचार र राहतका लागि सरकारले युद्ध स्तरमा काम गरोस् किसानलाई सुरक्षित र शाश्वस्त तुल्याओस् भन्ने अखिल नेपाल किसान यूनियन जोडदार माग गर्दछ ।
प्राकृतिक बिपत्तिको यस दयनीय घडीमा बिपत्तिमा परेका किसान परिबारका लागि आ–आफ्रनो क्षेत्रबाट सक्दो सहयोग गर्न र बिचल्लीमा परेका परिबारलाई ढाढस दिन अखिल नेपाल किसान संघका सदस्यहरुसँग संघ जोडदार आह्वान पनि गर्दछ ।
लोकनारायण सुबेदी, अध्यक्ष, अखिल नेपाल किसान यूनियन, २०७८ कार्तिक २