तरलताको अभाब बढेसँगै बैंकहरुले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । नयाँ ब्याजदर अनुसार अब ग्राहकले झन्डै १२ प्रतिशतको हारहारीमा ब्याज पाउने भएका छन । योसँगै बैंकको ब्याजदर पछिल्लो ३ वर्ष यताकै महंगो भएको छ । कात्तिक महिनाका लागि आधा दर्जन बैंकहरुले यस वर्षकै उच्च ब्याजदर सार्वजनिक गरेका छन् ।
हिमालन बैंकको निक्षेपमा ११ दशमलव ६६ प्रतिशतसम्म दिने बताएको छ । यो बैंकहरु मध्ये सबैभन्दा धेरै हो । त्यसैगरी एनआइशी एशिया बैंकले पनि निक्षेपमा महंगो ब्याजदर घोषणा गरेको छ ।
एनआइशी एशियाले ११ दशमलव १० प्रतिशतसम्म ब्याजदर दिने बताएको छ । यो हिमालयन पछि सबैभन्दा धेरै महंगो ब्याजदर हो । यसैगरी लक्ष्मी बैंकले ११.०५ प्रतिशत, नेपाल क्रेडिट एण्ड कमर्स एनसीसी बैंकले १०.५५ प्रतिशत र कुमारी बैंकले १०.३१ प्रतिशत ब्याजदर दिने घोषणा गरेका छन् ।
अघिल्लो महिना सनराइजले मुद्दति निक्षेपमा अधिकतम १०.०७ प्रतिशत ब्याजदर दिने उल्लेख गरेको थियो । तर अहिले सनराइज बैंकले भने ब्याजदर घटाएर ९ प्रतिशतमा झारेको छ । सनराइज बैंकसँगै सानिमा बैंकले पनि ब्याजदर घटाएको छ । प्रभु बैंकको ब्याजदर स्थिर देखिएको छ ।