शनिबार, आश्विन १७ गते २०८३

हिमालयन बैंकले २६ प्रतिशत लाभांश दिने

आश्विन २२, २०७८ शुक्रबार
हिमालयन बैंकले २६ प्रतिशत लाभांश दिने

हिमालयन बैंक लिमिटेडको  संचालक समितिको ४१२ औं बैठकले बैंकको आर्थिक वर्ष २०७७÷७८ को मुनाफाबाट आफ्ना शेयर धनीहरुलाई चुक्ता पूँजीको २१.३८% बोनस शेयर र ४.६२% नगद लाभांश गरी कुल २६% लाभांश  प्रदान गर्ने निर्णय गरेको छ ।

संचालक समितिको यस निर्णयलाई नेपाल राष्ट्र बैंक र बैंकको आगामी वार्षिक साधारण सभाले स्वीकृत गरे पश्चात मात्र लागू हुनेछ । बैंकले घोषणा गरेको यो लाभांश विगत तीन वर्ष यता कै उच्च रहेको छ ।