नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले हिमालयन बैंक लिमिटेडका नव नियुक्त अध्यक्ष प्रचण्ड बहादुर श्रेष्ठलाई आज पद तथा गोपनियताको सपथ ग्रहण गराएका छन ।
अध्यक्ष श्रेष्ठले सपथ ग्रहण पश्चात आजै बैंकको अध्यक्षको पद बहाली गरेका हुन । बैंकका संचालक समितिका सदस्य तथा प्रमुख कार्यकारी अधिकृत अशोक राणा लगायत बैंकका वरिष्ठ अधिकृतहरुले अध्यक्ष श्रेष्ठलाई स्वागत गरेका छन ।
श्रेष्ठलाई २०७८ साल आश्विन १३ गते बुधबार बसेको बैंकको ४११ औं संचालक समितिको बैठकले अध्यक्ष चयन गरेको हो । श्रेष्ठ विगत १९ वर्षदेखि निरन्तर बैंकको संचालक समितिका सदस्य छन ।