बुधबार, भाद्र ३ गते २०८३

सिभिल ग्रुपका अध्यक्ष तामाङसहित १२ जना पक्राउ, ४६ कराेड बचत हिनामिनाकाे उजुरी

आश्विन १९, २०७८ मंगलबार
सिभिल ग्रुपका अध्यक्ष तामाङसहित १२ जना पक्राउ, ४६ कराेड बचत हिनामिनाकाे उजुरी

 

सिभिल सेभिङ एण्ड क्रेडिट कोअपरेटिभमा बचतकर्ताका रकम हिनामिना गरेको आरोपमा सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङ पक्राउ परेका छन् ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले मंगलबार अपरान्ह तामाङसहित एक दर्जन व्यक्तिहरुलाई पक्राउ गरेको जनाएको छ । 

प्रहरीका अनुसार ७० जना बचतकर्ताले सिभिल सहकारीले ४६ करोड रुपैयाँभन्दा बढी रकम हिनामिना गरेको भन्दै किटानी जाहेरी दिएका छन् । 

मूल रुपमा घरजग्गा कारोबारी तामाङले सिभिल सेभिङ एण्ड क्रेडिट नामक सहकारी खोलेको थिए । सहकारी र घर जग्गा कारोबारमा सफलता पाएपछि उनी सिभिल बैंक बैंक खोलेका तामाङ हाल बैंकका अध्यक्ष रहेका छन् । 

झण्डै दुई वर्षअघिदेखि सिभिल सहकारीका बचतकर्ताले आफ्नो बचत फिर्ता पाउँ भनि हारगुहार गरिरहेका थिए ।