शनिबार, आश्विन १७ गते २०८३

विदेशी मुद्रा सञ्चिती घटेपछि डलर सटहीमा कडाइ

आश्विन १३, २०७८ बुधबार
विदेशी मुद्रा सञ्चिती घटेपछि डलर सटहीमा कडाइ

 

विदेशबाट सामान आयात हुने क्रम बढेकाले विदेशी मुद्राको सञ्चिती ह्वात्तै घटाएका कारण केन्द्रीय बैंकले डलर सटहीमा कडाइ गर्न बुधबार बैंकहरुलाई निर्देशन दिएको छ । राष्ट्र बैंकले अधिकतम २ हजार डलरसम्म मात्र डलर सटही नगर्न भनेको छ। विदेश जान लागेको प्रमाण पेश गरेपछि मात्र डलर सटही गरिदिन पनि निर्देशन दिएको छ ।

आर्थिक वर्ष २०७८ / ७९ को पहिलो महिनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितीले ९ महिना १० दिनको वस्तु आयात र ८ महिनाको वस्तु तथा सेवा आयात धान्न मात्र पुग्ने राष्ट्र बैंकले जनाएको छ । जेठ महिनासम्म विदेशी मुद्राको सञ्चिती १४ महिनाको वस्तु आयात धान्न सक्ने थियो । गत असार महिनासम्म १३ खर्ब ९९ अर्ब ३ करोड रुपैयाँ विदेशी मुद्रा सञ्चिती रहेको छ ।