आउँदो दशै, तिहार, नेपाल सम्वत् एवं छठ लगायतको पर्वलाई लक्षित गरेरज्ञ राष्ट्रिय वाणिज्य बैंकले विद्युतीय कारोबारलाई प्रोत्साहन गर्ने अफर ल्याएको छ ।
बैंकले पीओएस माध्यमबाट ग्राहकहरुले प्रतिकारोबार रु. एक हजार वा सो भन्दा बढीको कार्ड स्वाइप गर्दा क्यास ब्याक हुने अफर ल्याएको हो । योजना आगामी असोज २१ गते देखि २०७८ कार्तिक २४ गतेसम्म लागू हुने बैंकले जनाएको छ ।
देशभर विभिन्न व्यवसायहरुमा रहेका प्वाइन्ट अफ सेलको माध्यमबाट रा.वा.बैंकको कार्ड स्वाइप गरी रकम भुक्तानी गर्दा कारोबारमा क्यास ब्याक हुनेछ । यस अन्तर्गत ३ देखि ५ पटट कार्ड स्वाइप गर्दा अधिकतम रु. ५००, ६ देखि १० पटकमा रु. ७५०, र ११ देखि १५ पटकमा अधिकतम क्यास ब्याक वा रु. १ हजार मध्ये जुन कम हुन्छ सो वराबरको रकम क्यास ब्याक हुने बैंकले जनाएको छ ।
राष्ट्रिय बाणिज्य बैंकका हाल २४८ वटा शाखा कार्यालय, २१६ वटा एटिएम र ९८ वटा शाखा रहित बैंकिङ्ग सञ्चालनमा रहेका छन् ।