शनिबार, आश्विन १७ गते २०८३

वर्ल्ड रेमिटबाट एनआइसी एशियामा पैसा पठाउँदा बोनस पाइने

आश्विन ११, २०७८ सोमबार
वर्ल्ड रेमिटबाट एनआइसी एशियामा पैसा पठाउँदा बोनस पाइने

 

एनआईसी एशिया बैंकले दशैंको अवसरमा अन्तर्राष्ट्रिय डिजिटल रेमिट्यान्स कम्पनी वर्ल्ड रेमिटसँग मिलेर बोनस अफर ल्याएको छ ।

यस अफर अन्तर्गत ग्राहकहरुले वर्ल्डरेमिट मार्फत एनआईसी एशिया बैंकको खातामा रकम पठाउँदा ४०० बोनस रकम बोनस पाउने छन् ।असोज ११ देखि कात्तिक १० गतेसम्म लागू हुने यो अफर योजना अवधिभर पहिलोपटक गरिएको कारोबारमा मात्र लागू हुनेछ ।

कोभिड–१९ को जोखिम कायम रहेकै बेला यस बैंकले वर्ल्ड रेमिटको वेबसाइट तथा एपमार्फत विदेशमा रहेका नेपाली नागरिकहरूले यथास्थानबाटै स्वदेशमा रहका आफ्ना परिवार तथा आफन्तजनलाई जुनसुकै बेला रकम पठाउन सक्नेछन् । बेलायत, अष्ट्रेलिया लगायतका देशहरूमा रहेका नेपालीहरूले वर्ल्डरेमिटको एप तथा वेबसाइटबाट यस बैंकका खातामा सहजै रकम पठाउन सक्नेछन् ।