रकम पठाउन तथा प्राप्त गर्नको लगि भरपर्दो माध्यम प्रभु मनि ट्रान्सफरले प्रभुको माध्यमबाट सेवा लिनुहुने ग्राहक वर्गका लागि नेपालीहरुको महान चाड विजया दशमी, शुभ दिपावली तथा छठ पर्वको उपलक्ष्यमा “प्रभु छ साथमा, नगद उपहार हातमा” योजना ल्याएको छ । यस योजनाले प्रभुको सेवा लिने ग्राहकहरु प्रत्यक्ष भाग लिन सक्नुहुनेछ ।
यस योजना अन्र्तगत प्रत्येक दिन १ जनाले रु ७००० का दरले रकम जित्न सकिनेछ । यो योजना सेप्टेम्बर ३० देखि नोभेम्बर १० सम्म रहने जनाएको छ । सवैका लागि भरपर्दो सेवा प्रदान गर्दै आएको यस मनि ट्रान्सफरप्रति विश्वास देखाउनुहुने सेवाग्राहीमा उच्च सम्मानका साथ यस योजनामा भाग लिनसमेत प्रभु मनि ट्रान्सफरले अनुरोध गरेको छ ।