शनिबार, आश्विन १७ गते २०८३

सानिमा बैंक  विराटनगरको कञ्चनबारीमा 

आश्विन ८, २०७८ शुक्रबार
सानिमा बैंक  विराटनगरको कञ्चनबारीमा 


सानिमा बैंकले विराटनगरको कञ्चनबारीमा बैंक शाखा स्थापना गरी बैंकिङ्ग सेवा विस्तार गरेको छ । उक्त शाखाको समुद्घाटन कोरोना भाइरसको संक्रमणलाई ध्यानमा राख्दै सुरक्षा सावधानीका उपायहरु अपनाई ब्रान्ड प्रवद्र्धक वरिष्ठ कलाकारद्वय मदन कृष्ण श्रेष्ठ र  हरिवंश आचार्य(मह जोडी) ले संयुक्त रुपमा गरेका छन । 
 मह जोडीले विराटनगरको कञ्चनबारीमा सानिमा बैंकको शाखा संचालनमा आएकोमा बैंकलाई बधाई ज्ञापन गर्दै सबल अनि विश्वसनीय  रुपमा निरन्तर विस्तार हुन र थप सफलताको लागि शुभकामना व्यक्त गरे । त्यसैगरी सानिमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत  निश्चल राज पाण्डेद्वारा बैंकको ग्राहक तथा सरोकारवालाहरुलाई निरन्तर सहयोग तथा संरक्षणका लागि कृतज्ञता व्यक्त गरे  बैंंकको देशका सातै प्रदेशमा १०६ कार्यालय र ९६ वटा ए.टि.एम. संचालनमा रहेका छन् ।