शनिबार, आश्विन १७ गते २०८३

एक लाख एघार हजारले लिए सहुलियतपूर्ण कर्जा

आश्विन ८, २०७८ शुक्रबार
एक लाख एघार हजारले लिए  सहुलियतपूर्ण कर्जा


नेपाल राष्ट्र बैंकले सहुलियत दरमा प्रदान गर्दै आएको पुनरकर्जा गत  साउन मसान्तसम्म रु.११८ अर्ब ४९ करोड लगानीमा रहेको जनाएको छ ।  साउन मसान्तसम्ममा १ लाख ११ हजार ४ सय ७१ ऋणीलाई सहुलियतपूर्ण कर्जा प्रवाह भई रु.१७२ अर्ब १७ करोड कर्जा बक्यौता रहेको छ ।

यसमध्ये कृषि तथा पशुपंक्षी व्यवसाय कर्जा अन्तर्गत ४८ हजार ४ सय ९८ ऋणीलाई प्रवाह भएको रु.११२ अर्ब ७५ करोड कर्जा रहेको छ भने महिला उद्यमशील कर्जा अन्तर्गत ६० हजार ३ सय २२ महिला उद्यमीलाई प्रवाह भएको रु.५५ अर्ब ७९ करोड कर्जा रहेको छ । सहुलियतपूर्ण कर्जाका अन्य शीर्षक अन्तर्गत २ हजार ६ सय ५१ ऋणीको रु.३ अर्ब ६४ करोड कर्जा बक्यौता रहेको राष्ट्र बैंकले जनाएको छ ।

 “व्यावसायिक निरन्तरता कर्जा प्रवाह कार्यविधि, २०७७” बमोजिम कोभिड–१९ प्रभावित पर्यटन र घरेलु, साना तथा मझौला उद्यम क्षेत्रको व्यवसाय निरन्तरतामा सहयोग पु¥याउन ती क्षेत्रका श्रमिक तथा कर्मचारीको पारिश्रमिक भुक्तानीका लागि व्यवस्था गरिएको कर्जा ०७८ साउन मसान्तसम्ममा रु.१ अर्ब स्वीकृत भएको उसले जनाएको छ । चालु आबको पहिलो महिनाको मुलुकको  वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गदै राष्ट्र बैंंकले सो कुरा जनाएको हो ।