गरिमा विकास बैंकले मुद्दती निक्षेपमा दिएकाे १० प्रतिशतकाे अफर घटाएर ९.५ बनाएको छ । राष्ट्र बैंकको निर्देशनपछि बैंकले मुद्दती निक्षेपमा दिने भनेको ब्याजदर घटाएको हो ।
राष्ट्र बैंकको निर्देशन अनुसार विकास बैंकले साधारण बचत र मुद्दति निक्षेपमा कम्तीमा बढीमा ५ प्रतिशत स्प्रेड कायम गर्नुपर्ने हुन्छ । तर रेमिट्यान्स बचतको हकमा ६ प्रतिशत स्प्रेड कायम गर्न पाइन्छ ।