कोभिड १९ को महामारीको जोखिमलाई न्यूनीकरण गर्ने हेतुले आफ्ना ग्राहकहरुलाई घरमै बसीआधुनिक बैंकिङ्ग सेवा उपलब्ध गराउने तथा ग्राहक र बैंक बिचको सम्बन्धलाई सहजबनाउने उद्देश्यले, महालक्ष्मी विकास बैंकले महालक्ष्मी मिस्ड कल सेवा सञ्चालनमा ल्याएको छ । बैंकले संचालनमा ल्याएको यस सेवामा ग्राहकहरुले कुनैपनि बैंकिङ सेवा, बैंकको शाखाहरुको बारेमाजानकारी तथा बैंकको बचत तथा कर्जा सम्बन्धि जानकारी आवश्यक परेमा मोवाईल नम्बर ९८४७३८७५२४ मा मिस्ड कल गर्न सक्नेछन् र बैंकका प्रतिनिधिले सम्बन्धित ग्राहकलाई फोन गरी जानकारी उपलब्ध गराउने छन् ।
यस सेवामा ग्राहकहरुलाई बैंकका प्रतिनिधिले डिजिटल बैंकिङ्गको प्रयोग बिधि तथा त्यसको उपयोगीताको बारेमापनिजानकारी गराउनुको साथै बैंकसँग सम्बन्धित कुनै पनि समस्या वा सुझाव भएमा सो जानकारी लिई उचित समाधान गर्नेछन् ।
बैंकले यस विषम परिस्थितिमा सम्पुर्ण ग्राहकहरुलाई मोवाइल बैंकिङ, इन्टरनेट बैंकिङ, कनेक्ट आइपीएस, क्यूआर कोड लगायतका विद्युतीय बैंकिङ सेवा प्रयोग गरी विद्युतीय कारोबार गरी कोरोना संक्रमणबाट आफु बँच्न र अरुलाई पनिबचाउन अनुरोध गरेको छ ।