शनिबार, आश्विन १७ गते २०८३

बुद्धभुमि नेपाल हाईड्रोपावरको आइपीओ बाँडफाँड, ४० हजार आवेदकले पाए १०/१० कित्ता

आश्विन १, २०७८ शुक्रबार
बुद्धभुमि नेपाल हाईड्रोपावरको आइपीओ बाँडफाँड, ४० हजार आवेदकले पाए १०/१० कित्ता

बुद्धभुमि नेपाल हाईड्रोपावर कम्पनी लिमिटेडले नुवाकोट जिल्लाका स्थानिय वासिन्दाका लागि जारी गरेको ४ लाख कित्ता वराबरको रु.४ करोडको आईपीओ बाँडफाँड गरेको छ ।

बुद्धभुमि नेपाल हाईड्रोपावर कम्पनी लिमिटेडका पदाधिकारीहरुको रोहवरमा गोलाप्रथा विधिबाट भाद्र ३१ गते बाँडफाँड गर्ने कार्य सम्पन्न गरिएको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केट  प्रमुख कार्यकारी अधिकृत झनकराज ढुंगेलले जानकारी दिए । 

कम्पनीले आयोजना प्रभावित नुवाकोट जिल्लाभरिका स्थानीय बासिन्दाहरुका लागि श्रावण ३२ गतेदेखि भाद्र १५ गते सम्म शेयर बिक्री खुल्ला गरेको थियो ।

माग गरिएको भन्दा अधिक कित्ताका लागि आवेदन परेको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केट लिमिटेडले जनाएको छ । माग गरिएको ४ लाख कित्ताका लागि ३२,०९,१०३ कित्ता वराबरको आवेदन परेको थियो । आईपीओमा न्यूनत्तम १० कित्ता र अधिकत्तम ५० हजार कित्ताका लागि आवेदन दिन सकिने व्यवस्था रहेको थियो ।

आयोजना प्रभावित नुवाकोट जिल्लाभरिका स्थानीय बासिन्दाहरुका लागि माग गरिएको ४ लाख कित्ताका लागि ३२,०९,१०३ कित्ता बराबरको आवेदन गर्नु हुने आवेदकहरु मध्ये बैध आवेदक संख्या ४९,३१० मा न्युनतम १० कित्ताका दरले वांडफांड गर्दा ४०,००० आवेदकहरुलाई शेयर बाँडफाँड भएको हो ।