सरकारले कुल बजेट १६ खर्ब ३२ अर्ब ८३ करोडको संशोधित बजेट ल्याएको छ । अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ ले आर्थिक वर्ष २०७८र७९ को अर्थसम्बन्धी अध्यादेशलाई प्रतिस्थापित गर्ने विधेयकमार्फत नयाँ बजेट सार्वजनिक गरेका हुन् ।
पूववर्ती सरकारका अर्थमन्त्री विष्णु पौडेलले गएको जेठ १५ गते साढे १६ खर्ब रुपैयाँको अध्यादेश बजेट पेश गरेका थिए ।
कुल १६ खर्ब ३२ अर्ब ८३ करोड विनियोजन गरेको वर्तमान सरकारले संघले चालूतर्फ ६ खर्ब ७७ अर्ब १९ करोड ४१.४२% छुट्याएको छ । पूँजीगततर्फ ३ खर्ब ७ अर्ब १० करोड (२३.१६%), वित्तीय व्यवस्थातर्फ १ खर्ब ८९ अर्ब ४४ करोड (११.६%) तथा प्रदेश र स्थानीय तहमा वित्तीय हस्तान्तरणतर्फ ३ खर्ब ८७ अर्ब ३० करोड (२३.७२%) रकम सरकारले विनियोजन गरेको हो ।
चालु, पूँजीगत र वित्तीय हस्तान्तरणतर्फ विनियोजित खर्चमा राजस्व र वैदेशिक अनुदानबाट ब्यहोर्दा ५ खर्ब २२ अर्ब ९ करोड न्यून हुने सरकारले जनाएको छ । यो परिपूर्ति गर्न २ खर्ब ८३ अर्ब ९ करोड वैदेशिक ऋण र २ खर्ब ३९ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने लक्ष्य सरकारले राखेको छ ।
संशाेधित बजेटकाे पूर्ण पाठ हेर्न क्लिक गर्नुहाेस्