शनिबार, आश्विन १७ गते २०८३

आइक्यानको नवौं परिषद, अडानका आधिकारिक चारैजना उमेदवार पार्षदमा निर्वाचित

भाद्र २५, २०७८ शुक्रबार
आइक्यानको नवौं परिषद, अडानका आधिकारिक चारैजना उमेदवार पार्षदमा निर्वाचित

 

इन्स्टिच्यूट अफ चार्टर्ड अकाउन्ट एसोसिएसन(आइक्यान)को नवौं परिषद् निर्वाचित् भएको छ । परिषदमा चार्टर्ड अकाउन्टेन्टहरुको तर्फबाट १० जना, रजिष्टर्ड अडिटरहरुको तर्फबाट ४ जना र सरकारी प्रतिनिधि ३ जना रहने व्यवस्था । 

३ वर्षे कार्यकालका लागि भएको निर्वाचनमा रजिष्टर्ड अडिटरहरु(आरए) तर्फ ९ जनाबीच प्रतिष्पर्धा भएको थियो भने सिएतर्फ १६ जनाबीच प्रतिष्पर्धा रहेको थियो । पार्षदमा आरएका तर्फबाट निर्वाचित हुनेमा भोलानाथ पाठक, पोषराज नेपाल, शंकर ज्ञवाली, केशबहादुर केसी रहेका छन् । रजिष्टर्ड अडिटरतर्फ अडिटर्स एसोसिएसन नेपाल(अडान) का आधिकारिक ४ उमेदवार नै विजयी भएका हुन् । 

त्यसैगरी  सिएका तर्फबाट निर्वाचित हुने पार्षदहरुमामा सन्तोष काफ्ले, भास्करसिंह लाला, युद्धराज ओली, क्षेत्रगोपाल प्रधान, सुजन काफ्ले, सुरेन्द्र श्रेष्ठ, रामचन्द्र खनाल, सुजन श्रेष्ठ, पियुष आनन्द र प्रविणकुमार झा छन् । उपत्यका बाहिर हुलाक मतपत्र र उपत्यकाभित्र भौतिक उपस्थितिमा एकल संक्रमणीय मताधिकारको प्रयोग गरी पार्षदहरु चुनिएका हुन् ।

auditers 4.jpg

नवनिर्वाचित परिषद बैठकले नयाँ अध्यक्ष र उपाध्यक्ष चयन गर्नेछ । अध्यक्ष र उपाध्यक्ष चयनमा रजिष्टर्ड अडिटरहरुले मत हाल्न पाउने भएपनि सो पदमा उमेदवारी दिन भने पाउँदैनन् । आरएका तर्फबाट विजयी पार्षदहरुले अध्यक्ष र उपाध्यक्षमा उमेदवार हुन नपाउने विभेदपूर्ण आईक्यान रहेको छ । 

त्यसैगरी आरएहरुको दर्ता दिँदा क वर्ग नै नराखी ख, ग र घ वर्गमात्रै दिइएको छ भने अडिटका लागि समेत सीमा तोकिएको छ । योग्य, सक्षम र अनुभवका आधारमा अडिटरहरुलाई अडिट गर्न सीमा तोक्न नहुने आवाज उठ्दै आएको छ । त्यसैगरी वि.सं. २०८१ बाट रजिष्टर्ड अडिटरहरु स्वतः निष्क्रिय हुने व्यवस्था लागु गर्न नहुने र यसले पेशा गर्न पाउने उनीहरुको अधिकार कुण्ठित हुने भन्दै नयाँ आरए दर्ता नदिइएको हालको अवस्थामा भविष्यमा स्वतः नै नरहने भएकाले समयसीमा आवश्यक नरहेको भनाई आरएहरुको छ ।