शनिबार, आश्विन १७ गते २०८३

आइएमई अटोमोटिभ्स्लाई बेस्ट पर्फमिङ् बिजनेस अवार्ड

भाद्र २५, २०७८ शुक्रबार
आइएमई अटोमोटिभ्स्लाई बेस्ट पर्फमिङ् बिजनेस अवार्ड

 

एस्कर्टस लिमिटेड इन्डियाद्धारा आयोजित छैठौं अन्तर्राष्ट्रिय दिवसको अवसरमा आइएमई अटोमोटिभ्सलाई बेस्ट पर्फमिङ् व्यापार अवार्ड प्रदान गरिएको छ ।

हालै इन्डियामा आयोजित एक विशेष कार्यक्रमवीच एस्कर्टसका प्रमुख कार्यकारी अधिकृत अजय मन्दाहरद्धारा विश्वभरिका एस्कर्टस डिरलशीप मध्ये आइएमई अटोमोटिभ्स नेपाललाई बेस्ट पर्फमिङ् बिजनेश पार्टनरको रुपमा सम्मानित गरिएको छ । अघिलो वर्षमा आइएमईले गरेको मार्केट शेयरको बृद्धि, उत्कृष्ट ग्राहक सन्तुष्ट र एस्कर्टस ब्राण्डलाई नेपालमा स्थापित गर्न ठुलो भुमिका खेलेको हुनाले आइएमई अटोमोटिभ्सलाई यो अवार्ड प्रदान गरिएकोे प्रमुख कार्यकारी अधिकृतले उल्लेख गरे । 

आइएमई अटोमोटिभ्स हेभि इक्युपमेन्ट सेग्मेन्ट नेपालमा धेरै कारोबर गर्ने वितरकको रुपमा रहेको अटोमोटिभ्स्का प्रमुख कार्यकारी अधिकृत हेमन्त पुरानिकले उल्लेख गरे । बेस्ट पर्फमिङ् अर्वाड आइएमई अटोमोटिभ्स् टिमको मिहिनेत र कुशल कार्यक्षमता प्रमुख रहेको कुरामा जोड दिँदै टिमलाई यस अवार्डको लागि धन्यवाद पनि दिए ।

आइएमई अटोमोटिभ्स्ले एस्कर्टस ब्राण्डको ब्याकोहो लोडर, हाइड्रा क्रेन, साथै कम्प्याक्टर सेगमेन्टका मेसिनहरु नेपालभरी बिक्रीबितरण गर्दै आएको छ । आफ्नो नेपालभरका ११ वटा शोरुम र शाखाहरुबाट सेल्स, सर्भिस र स्पेयर्सको सुबिधा पनि दिँदै आएको कम्पनीले जनाएको छ । एस्कर्टसको पिक एण्ड क्यारी क्रेन विश्वकै नम्बर १ मेशिन पनि रहेको कम्पनीले दावी छ ।