बुधबार, भाद्र ३ गते २०८३

गभर्नर अधिकारीको राजिनामा मागियो, अर्थमन्त्रीले फोन गरेर भनेः समस्या समाधान गर्नुस्

भाद्र २१, २०७८ सोमबार
गभर्नर अधिकारीको राजिनामा मागियो, अर्थमन्त्रीले फोन गरेर भनेः समस्या समाधान गर्नुस्

 

अर्थमन्त्री जनार्दन शर्माले पुँजी बजारमा देखिएको समस्या समाधान गर्न गभर्नर महाप्रसाद अधिकारीलाई निर्देशन दिएका छन् । राष्ट्र बैंकद्वारा जारी मौद्रिक नीति र निर्देशिकापछि पुँजी बजारमा देखिएको स्थितिका सम्बन्धमा टेलिफोन गरेर मन्त्री शर्माले तत्काल समस्या समाधान गर्न आज निर्देशन दिएका हुन् ।  

अर्थमन्त्री शर्माले आवश्यक पर्ने सुधार गरेर पुँजी बजारको समस्या समाधान गर्न गभर्नरलाई निर्देशन दिएका हुन् । जवाफमा गभर्नर अधिकारीले आवश्यक प्रक्रिया मिलाई परिस्थिति सहज बनाउन प्रयास गर्ने प्रतिवद्धता जनाएका छन् ।  

गभर्नरको राजीनामाको माग

यता पुजीँबजार सुधार संघर्ष समितिले भने नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको राजीनामाको माग गरेको छ । अर्थ मन्त्रालयलाई समेत बोधार्थ दिएर आज बुझाइएको ज्ञापनपत्रमा १८ बुँदे माग राख्दै गभर्नरको राजिनामा मागेका हुन् । 

नेपाल राष्ट्र बैंकबाट पुँजी बजारको अस्तित्वनै धरापमा पार्न नियोजित रुपमा तयार गरिएका नीति कार्यक्रम र कार्यनीतिहरुले समग्र पुँजीबजार अघि बढ्न नसकेको उनीहरुले जनाएका छन् ।