बुद्धभुमि नेपाल हाईड्रोपावर कम्पनी लिमिटेडको आईपीओमा ३० करोड १२ लाख बराबरको आवेदन परेको छ ।
कम्पनीले श्रावण ३२ गतेदेखि आयोजना प्रभावित नुवाकोट जिल्लाभरिका स्थानीय बासिन्दाहरुका लागि शेयर बिक्री खुल्ला गरेको थियो ।
अन्तिम दिन भाद्र १५ गते सम्ममा ४८,६२६ जना आवेदकहरुबाट ३०,१२,००० कित्ताका लागि आवेदन माग भएको कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केट लिमिटेडले जनाएको छ । अन्तिम रुजु भइनसकेकोले उक्त तथ्यांकमा केही परिवर्तन हुन सक्ने समेत विक्री प्रबन्धक सिभिल क्यापिटल मार्केट लिमिटेडले जनाएको छ ।
कम्पनीले नुवाकोट जिल्लाभरिका बासिन्दाका लागि प्रतिशेयर १०० अंकित मूल्यका कुल ४ लाख कित्ता साधारण शेयर निष्काशन गरेको हो । हालसम्म निष्काशित शेयरको ७५३ प्रतिशत बराबरको शेयर विक्री भइसकेको छ ।
आईपीओमा न्यूनतम १० कित्ता र अधिकत्तम ५० हजार कित्ताका लागि आवेदन दिन सकिने व्यवस्था रहेको थियो । आवेदन गर्ने अन्तिम म्याद यहि भाद्र १५ गतेसम्म रहेको थियो ।