बुधबार, भाद्र ३ गते २०८३

एन आई सी एशियाको मोबाइल बैंकिङ्ग एप मार्फत निःशुल्क रेमिट्यान्स 

भाद्र १७, २०७८ बिहीबार
एन आई सी एशियाको मोबाइल बैंकिङ्ग एप मार्फत निःशुल्क रेमिट्यान्स 

एन आई सी एशिया बैंकले मोबाइल बैंकिङ्ग एपमार्फत दुई महिनासम्म निःशुल्क आन्तरिक रेमिट्यान्स पठाउन सकिने आकर्षक योजना सार्वजनिक गरेको छ । 

बैंकले २०७८ भाद्र १६ देखि कात्र्तिक १४ सम्म लागू हुने गरी ल्याएको यस योजनामा बैंकका ग्राहकहरूले मोबैंक एप प्रयोग गरी एक ठाउँबाट अर्काे ठाउँ निःशुल्क रुपमा रकम पठाउन सक्नेछन् । सेल्फहेल्प बैंकिङ्गको अवधारणा अनुरुप मोबैंकमार्फत नै आन्तरिक रेमिट्यान्स देशभर पठाउन सकिने उक्त योजनाको भरपुर लाभ उठाउन बैंकले ग्राहकलाई अपील गरेको छ । 

एपबाट सेन्ड गरिसकेपछि बैंकका सम्पूर्ण शाखा तथा विस्तारित काउन्टरहरूका साथै १२ हजार भन्दा बढी रेमिट एजेन्टहरूबाट नगद रकम सहजै झिक्न सकिनेछ । 

कोभिड–१९ को महामारीको समयमा डिजिटल कारोबार आवश्यकतालाई मध्यनजर गर्दै बैंकले ल्याएको यस योजनाबाट ग्राहक महानुभावहरूलाई बैंकका शाखासम्म पुगेर भौतिक फारम भरी रेमिट्यान्स पठाउनुपर्ने झन्झबाट मुक्ति मिल्नुका अलावा वहाँहरूको अमूल्य समयको बचत भई महामारीका बीच भौतिक दुरी कायम गर्न समेत सहयोग मिल्ने विश्वास बैंकले लिएको छ ।

बैंक मुलुकभर रहेका ३५६ शाखा कार्यालयहरू, ४७२ एटिएम, ७० वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखा रहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गरिरहेको छ ।