महालक्ष्मी विकास बैंकले आफ्ना ग्राहकहरुका लागि गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले सम्यक डायगनोस्टिकसँग सम्झौता गरेको छ । उक्त सम्झौता अनुसार ग्राहकहरुले सम्यक डायगनोस्टिको प्रयोगशालामा स्वास्थ्य परिक्षण गराउँदा १०% आकर्षक छुट प्राप्त गर्न सक्नेछन् ।
देशका १०३ वटा शाखाहरुबाट बंैकिङ्ग सेवा प्रदान गर्दै आएको बैंकले कोभिड–१९ को जोखिमलाई न्यूनीकरण गर्न सकेसम्म डिजिटल बैंकिङ मार्फत कारोबार गरी आफु सुरक्षित भई अरुलाई पनि सुरक्षित राख्न अपिल गरेको छ ।